HO_MED : पारिवारिक स्वास्थ्यको आधारशिला स्वरूप

 



"स्वास्थ्यसंग सम्बन्धित उपकरण/उत्पादनहरुको कुरा गर्दा, तपाईं/हाम्रो मनमा आशा, डर, विश्वास र जिम्मेवारी जस्ता भावनाहरू जोडिएका हुन्छन्।"

HO_MED, एक ‘Health Campaign हो। Home Medical –लाई छोटकरीमा HO_MED बनाईएको हो। Campaign –ले घर र स्वास्थ्य सम्बन्धको प्रतिनिधित्व गरेको छ। यस अभियानलाई आधिकारिक रूपमा ‘अलाईन हेल्दिनीयर (ALIGN  HEALTHINEER) –ले ल्याएको हो। अभियानले स्वास्थ्यसंग सम्बन्धित उपकरण/उत्पादनका केही अत्यावश्यक पक्षलाई समेट्न खोजेको छ। जानकारी योग्य विषयवस्तुलाई समेटेर एक पहलका साथ यो Campaign बनेको छ।



अलाईन हेल्दिनीयर : पाँच वर्षदेखि स्वास्थ्य सेवामा

त्रिपुरेश्वर-11, काठमाडौँमा दर्ता रही विगत पाँच वर्षदेखि  हामी, (अलाईन हेल्दिनीयर -Align Healthineer) -ले स्वास्थ्य सेवा क्षेत्रमा व्यावसायिक रूपले काम गर्दै आईरहेका छौँ। निजी स्वामित्वको संस्थाका रूपमा, HospitalLaboratory -का लागि आवश्यक Equipment तथा Health Products-को थोक तथा खुद्रा व्यापार गर्दै आएका छौँ। गुणस्तरीय समाधान, पारदर्शिता र अटुट भरोसाका साथ 'सही मूल्य' प्रदान गर्नु, हाम्रो संस्थागत मुख्य उद्देश्य हो। हाम्रो बारेमा थप जानकारीका लागि, कृपया यहाँ (Click) गरी बुझ्न सक्नुहुन्छ।

पारिवारिक हेरचाह : 'स्वास्थ्य सुरक्षा कवच'

पारिवारिक स्वास्थ्य हेरचाह  केवल एक परम्परा मात्र होइन, यो हाम्रो समाजको मूल आधार हो। हामी, परिवार भित्र एक/अर्का प्रति चिन्ता लिएका हुन्छौं। प्रत्यक्ष वा अप्रत्यक्ष, एक अर्काको स्वास्थ्यको ख्याल राखेका हुन्छौं। यसरी हामी पारिवारिक  स्वास्थ्य सुरक्षा चक्र  तयार पारेका हुन्छौं। यस्तो खालको 'स्वास्थ्य सुरक्षा चक्र' –ले हामीलाई सुरक्षाको अनुभूति गराउने गर्दछ

"के तपाईंको घरमा पनि यस्तै प्रकारको ‘पारिवारिक स्वास्थ्य सुरक्षा चक्र’ छ?"

हामी सबै आफ्नो र परिवारको स्वास्थ्यलाई लिएर धेरै सावधानी अपनाउँछौ। हाम्रो जीवनमा केवल बिरामी हुदाँको उपचार मात्र होईन कि, त्यसको रोकथाम र राम्रो हेरचाह पनि संग-संगै  सामेल रहेको हुन्छ। यसका लागि हामी औषधिमा मात्र निर्भर रहदैनौ। घरमा प्रयोगमा आउने कैयन Health Products –को सहारा पनि लिई रहेका हुन्छौं।

 "स्वास्थ्य केवल डाक्टर र अस्पतालको मात्र विषय रहेन !"

सोच्नुहोस् त, तपाईं/हाम्रो घरमा  स्वास्थ्य संग सम्बन्धित उपकरण, उत्पादन, औषधि वा जडिबुटी के-के छन्? Diabetes Patient का लागि Glucometer, ज्वरो नाप्ने Thermometer Breathing समस्या हुँदा Nebulizer जीवनदान बनेर आउँछ। Blood Pressure नाप्ने BP Monitoring Set ले त परिवारका अग्रजहरूको स्वास्थ्य निगरानी नै गरिरहेको हुन्छ।

त्यसै गरी, सानोतिनो दुखाई, ज्वरो, पेट दुखेको/पोलेको, रुघाखोकी लगायतका औषधिहरू वा झाडा/पखाला लाग्दा शरीरमा पानीको मात्रा कमी नहोस् भनी ‘जीवन-जल’ (ORS)  प्रायः घरमा राखिएको हुन्छ।

आधुनिक औषधीभन्दा पर, हाम्रो नेपाली समाजमा जडिबुटीको महत्व पनि उत्तिकै बलियो छ। सुठो (सुकेको अदुवा), बोजो, हर्रो, नीम, आदि त हाम्रो भान्सामा हुन्छ नै तुलसीलाई घरको आगनमा मठ बनाई रोपी राखेका हुन्छौं। रुघाखोकी, पाचन, कब्जियत, छालाका समस्याहरू आदि अन्य स्वास्थ्य समस्यामा जडिबुटी पनि अन्य औषधि जत्तिकै प्रयोगमा ल्याई राखेका हुन्छौं।

यी Devices केवल धातु र प्लास्टिकका टुक्राहरू मात्र होइनन्?  यी सामान्य लाग्ने औषधी/जडिबुटीहरूले त कति पटक हामीलाई तत्काल राहत दिएका छन्। ठूलो समस्याबाट बचाएका छन्! यस किसिमका Devices & Products, औषधि र जडिबुटीको प्रयोग, उपयोग बारे जगेर्ना र जानकारी हुनुले हामीलाई कति मद्दत गरेको छ। यस किसिमका जानकारीले हामीलाई परेका बेला समस्याबाट बचाउने मात्र होईन; सुरक्षित छौं भन्ने आभाष पनि दिलाउने गर्दछ

"समग्रमा हामी अनौपचारिक रूपले पारिवारिक स्वास्थ्य सुरक्षा कवच भित्र रहने गर्दछौं।"

HO_MED : सरल जानकारी, सहज पहुँच

सरल जानकारी, सहज पहुँच Slogan जत्तिको सरल छ आफैमा, व्यावहारिक रुपमा उत्तिकै सहज रहेको पाउनु हुनेछ। यसको मूल सार, परिवार र स्वास्थ्य बीचको सम्बन्धमा केन्द्रित छ। हाम्रै घर वरिपरी प्रायः प्रयोगमा आईरहने स्वास्थ्य सामाग्री/उपकरणहरुको सरल जानकारी, उपयोग र प्रयोगमा आधारित छ।



HO_MED : हर एक क्षेत्रका लागि किन आवश्यक छ त?

के तपाईं/हामीले कहिले सोचेका छौं? यस प्रकारका Products –का बारेमा जानकारी हुन कत्तिको आवश्यक छ। चाहे त्यो Easy-Care Products होस्, Ortho Related Items होस् वा Home Nursing Equipment नै, यसको सही जानकारीले हाम्रो जीवनलाई कति सरल र सुरक्षित बनाउन सक्छ। आउनुहोस् हामी यो जान्ने प्रयाश गरौँ कि, यी Products को बारेमा पहिले नै जानकारी किन लिई राख्नु पर्दछ ?

"स्वास्थ्य एक यस्तो क्षेत्र हो जहाँ हामी चाहेर पनि सम्झौता गर्न सक्दैनौ।"

·        सही छनौट : आवश्यकता अनुसार

प्रत्येक वस्तुको गुण फरक-फरक हुन्छ। नर्मल प्रयोगका लागि Examinations Gloves –को आवश्यकता पर्दछ भने Dressing आदिका लागि Sterile Gloves –को। Examinations Gloves को मूल्य भन्दा Sterile Gloves –को मूल्य बढी पर्ने गर्दछ। यी Gloves –को प्रयोग फरक-फरक उद्देश्यका लागि हुने गर्दछ। सघन उपचार हेतु Sterile Gloves –को सट्टामा Examinations Gloves –लाई प्रयोगमा लिनु स्वास्थ्यका दृष्टिले हुदैन। सही जानकारी र Category –ले तपाईं त्यो Products  चयन गर्नुहुन्छ; जुन तपाईं र परिवारका लागि सबै भन्दा उपयुक्त हुने गर्दछ।

 

·        सुरक्षा : जोखिम र चोटपटकबाट जोगिन

Health Devices/Products  -लाई प्रयोगमा ल्याउँदा अपनाउनु पर्ने सावधानीले सम्भावित जोखिम र चोटपटक हुनबाट बचाउँछ। जोखिमयुक्त काम नहुनु पनि एक किसिमले सुरक्षा अपनाउनु हो।

जस्तै : Sanitizer ज्वलनशील पदार्थ हो। बच्चा र आगोबाट टाढा राख्नु पर्दछ।


·        पहल : प्राथमिक उपचार र सबल हेरचाह

स्वास्थ्य संग सम्बन्धित First-Aid –का Equipment/Products –का बारेमा जानकारी हुनु मात्र पनि सामान्य प्राथमिक उपचार विधि जान्नु सरह हो। यो त आधारभूत शिक्षा पनि हो। आई परेका बेला स-सानो चोटपटकमा प्राथमिक उपचार/निगरानी/हेरचाहका साथ स्वास्थ्य केन्द्रसम्म जान यस किसिमको ज्ञानले मद्दत गर्नेछ। बिरामी हेरचाहका क्रममा अपनाउनु पर्ने केही थप सावधानीले बिरामीको हितमा काम त गर्छ नै साथ-साथै रेखदेख कर्ताको पक्षपोषण पनि गरिरहेको हुन्छ।

 

·        आराम र स्वास्थ्य : गुणस्तरीय जीवन

कुनै पनि Health Products –ले केवल आवश्यकता मात्र पूरा गर्दैन। संग-संगै जीवन यापनका कष्टप्रद क्षणलाई आरामदायी बनाउन मद्दत गरिरहेको हुन्छ। जतिबेला तपाईं सही Products –को प्रयोग गर्ने तरिका पत्ता लगाउनु हुन्छ। त्यति बेला त्यो Products –लाई भरपूर उपयोगमा ल्याउन सक्षम हुनुहुन्छ।

जस्तै: Ortho related Braces मध्य सही Product सही ठाउँमा प्रयोगमा ल्याउँदा दुखाईमा आराम पाईन्छ।


·         Smart Decision : Emergency –को लागि तयारी

यहाँ हामी Category मार्फत छुट्टा-छुट्टै Products –को लिस्ट बनाएका छौं। लिस्टका आधारमा, बुँदागत रूपले Products –का बारेमा विवरण पेश गरेका छौं। यसले गर्दा तपाईं/हामीलाई कति बेला कुन Products चयन गर्ने, के-के कति चयन गर्ने भन्ने अन्यौल रहने छैन। जब तपाईं पहिलेदेखि नै यी Products –का बारेमा जानकार हुनुहुन्छ भने, अचानक आउन सक्ने परिस्थितिका लागि तयार रहनुहुनेछ। यसबाट तपाईं सही समयमा सही कदम चाल्न सक्नुहुनेछ।


यसरी  तपाईं/हाम्रो सेरोफेरोमा रहेका Health Products को जानकारी हुनुले, तपाईं/हामीलाई बिरामी हुदाँका बखत हेरचाहका निम्ति मात्र होईन, सावधानी, सुरक्षा, आराम र गुणस्तरीय जीवन यापनका लागि पनि सहयोग पुर्याउने गर्दछ। हाम्रो Campaign, HO_MED  को अभिभारा नै यही Market-मा रही Health Products सम्बन्धित तथ्यगत जानकारीहरु (सुगन्ध) फैलाउनु हो।

"Health Products  -का बारेमा जानौं। जानकारी सकेसम्म धेरै साझा गरौँ।"



HO_MED –का फरक-फरक आठ कोणहरू

स्वास्थ्य क्षेत्रको व्यापकतालाई मध्य नजर गर्दै, तपाईं/हामीले सजिलै बुझ्ने गरी फरक-फरक विषय अनुरुप Products Category बनाएका छौं। जहाँ Products –का बारेमा बुँदागत रूपमा जानकारी उल्लेख गरिएको छ। यी Products –का बारेमा विस्तृत रूपले बुझ्न भने यहाँले Click (Option) –मा गएर पढ्न सक्नु हुनेछ।

 

v  HO_Childcare : बच्चाहरुसंग सम्बन्धित स्वास्थ्य Products  हो यसभित्र बच्चाका Daiper, Wipes, Tissue आदिका विषयमा Products सम्बन्धित जानकारी, प्रयोग, उपयोग र अपनाउनु पर्ने सावधानीका बारेमा जानकारी लिन सक्नु हुनेछ  विस्तृत जानकारीका लागि यहाँ Click गर्नुहोस्

v  HO_Easycare : घरमा सजिलै उपयोग गर्न सकिने स्वास्थ्य Products  हो यसभित्र Glucometer(सुगर नाप्ने मेसिन), Nebulizer, Hot-Bag, Gloves, Weighing Scale, Thermometer, BP Set  आदिका विषयमा Products सम्बन्धित जानकारी, प्रयोग, उपयोग र अपनाउनु पर्ने सावधानीका बारेमा जानकारी लिन सक्नु हुनेछ  विस्तृत जानकारीका लागि यहाँ Click गर्नुहोस्

v  HO_Firstaid : प्राथमिक उपचारसंग सम्बन्धित स्वास्थ्य Products  हो यसभित्र Dettol, Cotton, Gauze-Pad,  Scissors, Forceps आदिका विषयमा Products सम्बन्धित जानकारी, प्रयोग, उपयोग र अपनाउनु पर्ने सावधानीका बारेमा जानकारी लिन सक्नु हुनेछ   विस्तृत जानकारीका लागि यहाँ Click गर्नुहोस्

v HO_Inability : शारीरिक अशक्ततासंग सम्बन्धित स्वास्थ्य Products  होयसभित्र Stick(छडी), Crutches(बैसाखी), Walker, Wheelchair, आदिका विषयमा Products सम्बन्धित जानकारी, प्रयोग, उपयोग र अपनाउनु पर्ने सावधानीका बारेमा जानकारी लिन सक्नु हुनेछ   विस्तृत जानकारीका लागि यहाँ Click गर्नुहोस्

v  HO_Orthocare : जोर्नी र मांसपेशीको हेरचाहसंग सम्बन्धित स्वास्थ्य Products  हो यसभित्र Abdominal Belt(कमर बेल्ट), Knee Cap, Braces, Splints, आदिका विषयमा Products सम्बन्धित जानकारी, प्रयोग, उपयोग र अपनाउनु पर्ने सावधानीका बारेमा जानकारी लिन सक्नु हुनेछ  विस्तृत जानकारीका लागि यहाँ Click गर्नुहोस्

v HO_Oxygen : श्वास-प्रश्वाससंग  सम्बन्धित स्वास्थ्य Products  हो यसभित्र  Oxygen-Cocentrator (अक्सिजन मेशिन), Oxygen-Regulator(अक्सिजन रेगुलेटर), Oxygen-Mask, Cannula आदिका विषयमा Products सम्बन्धित जानकारी, प्रयोग, उपयोग र अपनाउनु पर्ने सावधानीका बारेमा जानकारी लिन सक्नु हुनेछ  विस्तृत जानकारीका लागि यहाँ Click गर्नुहोस्

v  HO_Paranting/Nursing : बिरामी हेरचाहसंग सम्बन्धित स्वास्थ्य Products  हो यसभित्र Medical-Bed, Mattress, Mackintosh(रबर Sheet), Bed-Pan, Urinal, आदिका विषयमा Products सम्बन्धित जानकारी, प्रयोग, उपयोग र अपनाउनु पर्ने सावधानीका बारेमा जानकारी लिन सक्नु हुनेछ  विस्तृत जानकारीका लागि यहाँ Click गर्नुहोस्

v HO_Student : स्वास्थ्य-शिक्षासंग सम्बन्धित स्वास्थ्य Products  हो यसमा स्वास्थ्य-विज्ञानसंग सम्बन्धित अत्यावश्यक स्वास्थ्य Products – Dress(Scrub/Apron), Aneroid Sphygmomanometer, Stethoscope etc.  संग सम्बन्धित जानकारी, प्रयोग, उपयोग र अपनाउनु पर्ने सावधानीका बारेमा उल्लेख गरिएको छ विस्तृत जानकारीका लागि यहाँ Click गर्नुहोस्

 

हामीलाई थाहा छ, Health Products छनौट गर्न कत्तिको महत्वपूर्ण विषय हुने गर्दछ। त्यसैले यहाँ हामीले विभिन्न Category बनाई सरल रूपमा प्रस्तुत गरेका छौं। यदि तपाईं पनि यस्तै प्रकारका Health Related Products –को बारेमा थप अरु जानकारी लिन चाहनुहुन्छ, या तपाईं आवश्यकताको हिसाबले सल्लाह लिन चाहनुहुन्छ भने हाम्रो टीम यहाँको सेवाको लागि हरपल तयार छ।

संग-संगै तपाईं स्वास्थ्य क्षेत्रसंग सम्बन्धित थप  Equipment Products (Quantity with Quality) -का बारेमा जानकारी लिन वा ठुलो परिमाणमा काम गर्न ईच्छुक हुनुहुन्छ भने तल दिएको विवरण अनुरुप सम्पर्क गर्न सक्नु हुनेछ।

"के तपाईं पनि आफ्नो घरको लागि ‘Health Related Products’ खोजिरहनु भएको त छैन?"

सही सामान, सुरक्षित Packaging-का साथ Health  Related  Products लिने विचार गर्नु भएको छ भने...

सम्पर्कका लागि :



काठमाडौँ (चक्रपथदेखि बाहिर दुई कि.मि. सम्म) –का लागि:

·         Free Delivery & Installation –को सुविधा लिनुस्।

·         प्रयोग, उपयोग र अपनाउनु पर्ने सावधानीका बारेमा प्रत्यक्ष जानकारी पाउनुहोस्।

·         Return/Refund बिना हिचकिचाहट गर्नुहोस्।




Comments

Popular posts from this blog

घरमा प्रभावकारी स्वास्थ्य सेवा: HO_Easycare

बालबालिकाका लागि : HO_Childcare