घरमा प्रभावकारी स्वास्थ्य सेवा: HO_Easycare
स्वस्थ रहनु, शारीरिक
रूपले सबल हुनु हो। मन शान्त रहनु, जीवन आनन्दित हुनु हो। समयमा गरिएका सही
निर्णयले मानसिक शान्ति ल्याउँछ। पारिवारिक स्वास्थ्य सबल रहनुले, हामीलाई हाम्रो
उर्जामा ‘सुनमा सुगन्ध’ जस्तो पक्षपोषण गरी रहेको हुन्छ। यस्तो ‘उर्जा’-ले गलत
निर्णय कदापि लिने छैन।
"Prevention is Better Than Cure"
यहाँ List र विवरणमा आधारित ‘Health
Related Products’ मध्य केही Products हामीले प्रयोग गर्दै आईरहेका छौं। कतिपय प्रयोगमा
आईसकेका छन्। हामीले प्रयोगमा
ल्याएका Health Related Products –ले के-कति सहयोगी
भूमिका खेले? के हामीले यी Products बारे, यहाँ बताए
जस्तो जानकारी हासिल गरेका थियौं? यी मध्य दैनिक जीवनमा स्वास्थ्य उपयोगी Products, हामीलाई खाँचो पर्ला त? अथवा, के यी
जानकारी र विश्लेषणहरूले भविष्यमा हाम्रो लागि सहयोगी भूमिका खेल्न सक्ला?
यहाँ, Blog –लाई छिटो/सजिलोसंग पढ्न सकियोस् र पढिएका
विषयवस्तु सजिलै बुझ्न सकियोस् भनी सक्दो प्रयाश गरिएको छ। Item/Item -को छुट्टा-छुट्टै
विवरण पढ्न/बुझ्न, लिस्टमा आधारित
क्रम संख्याका आधारमा मिल्ने गरी, Items –को विवरण बनाईएको छ। ‘English Alphabetical Order’ (Sort by A to Z) –मा लिस्ट/विवरणलाई पढ्न सक्नुहुनेछ।
आउनुहोस्, विषयमा प्रवेश गरौँ; प्रश्नका उत्तर स्वयम् खोजौं...
1. Air Mattress
·
जानकारी: यो
एक प्रकारको रबरले बनेको, ‘Air-Bubble’
बनिरहने Type-को
Mattress हो। यसमा भएका Bubbles हावाको माध्यमबाट चलायमान हुने गर्दछ। लामो समयसम्म ओछ्यानमा सुत्ने बिरामी/व्यक्तिहरूका
लागि यसले मद्दत गर्छ।
·
उपयोग: विशेष गरी लामो समयसम्म ओछ्यानमा सुत्ने बिरामी/व्यक्तिहरूमा हुने Bedsore बाट राहत पाउनका लागि यसलाई उपयोगमा ल्याईन्छ।
·
प्रयोग: यसलाई डसना माथि Bed –मा बिच्छ्याउने, Mattress -मा जोडिएर आएको Tube –लाई Mattress संगै रहेको मेशिनमा जोडी मेशिन ‘ON’ गरी Flow मिलाएर प्रयोगमा लिने।
·
ध्यान दिनु पर्ने:
ü Mattress रबरले बनेको हुनाले
तिखा वस्तुको प्रयोगमा सावधानी अपनाउनु पर्छ।
2. Alcohol Swab
·
जानकारी: यो
एक Alcohol -ले भिजाएको Disposable
सानो कपासको टुक्रा हो।
·
उपयोग: विशेषतः छालालाई सफा गर्न र किटाणुमुक्त गर्न यसको प्रयोग गरिन्छ। यसलाई
सुई लगाउनुअघि वा रगत निकाल्नुअघि उपयोगमा ल्याईन्छ।
·
प्रयोग: Lancet/Needle/Syringe लगाउनु पर्ने ठाउँलाई
Swab-ले एक पटक मात्र पुछ्ने र सुक्न दिने।
·
ध्यान दिनु पर्ने:
ü आँखा वा खुल्ला
घाउमा यसको प्रयोग गर्नु हुदैन।
ü यो ज्वलनशील हुने गर्दछ, आगोबाट टाढा राख्नु होला।
3. Artery Forceps
·
जानकारी: Gauze
Piece, टिस्यु (Tissue), आदिलाई
समात्न प्रयोग गरिने कैंची आकारको Surgical
Instrument हो।
·
उपयोग: यसको उपयोग Surgery लगायतका
कामका लागि हुने गर्दछ। साथ-साथै स-सानो चीजलाई स्थिर रूपले समात्नका लागि उपयोगमा
ल्याईन्छ।
·
प्रयोग: यसलाई कैंची समरूप समाएर प्रयोग
गर्ने।
·
ध्यान दिनु पर्ने:
ü यसको प्रयोग
गर्नुअघि र पछि राम्ररी निर्मलीकरण/(Sterilize) गर्नुपर्दछ।
ü खिया लागेको वा Sterilize नगरेको Forceps प्रयोग नगर्ने।
4. Baby Wipes
·
जानकारी: यो
एक Disposable
भिजेको कपास/कपडाका टुक्राहरूका रूपमा हुन्छ। यसलाई सरसफाईका लागि प्रयोगमा
ल्याईन्छ।
·
उपयोग: व्यक्ति/बिरामीको सरसफाईका लागि वा अन्य सरसफाईका लागि यसलाई उपयोगमा
ल्याईन्छ।
·
प्रयोग: आवश्यकता अनुसार सीधै प्रयोग गर्न सकिन्छ।
·
ध्यान दिनु पर्ने:
ü बच्चाहरूको छाला संवेदनशील
हुनाले Baby-Wipes प्रयोग गर्नु होला।
5. Betadine (Povidon-Iodine)
·
जानकारी: यो
एक शक्तिशाली किटाणुनाशक (Disinfectant) घोल
हो जसमा पोभिडोन-आयोडिन हुन्छ।
·
उपयोग: अति सघन प्रक्रिया बाहेक यसलाई घाउ सफा गर्न, घाउको संक्रमण रोक्न र उपचार गर्नका लागि उपयोगमा ल्याईन्छ।
·
प्रयोग: स्वास्थ्यकर्मीको निर्देशन
बमोजिम प्रभावित क्षेत्रमा सीधै लगाउने वा पानीमा मिसाएर प्रयोग गर्ने।
·
ध्यान दिनु पर्ने:
ü यस झोलमा आयोडिन
हुनाले, आयोडिन एलर्जी भएका व्यक्ति/बिरामीहरूमा प्रयोग नगर्ने।
ü आँखामा पर्नबाट
जोगाउने।
ü यसको प्रयोग गर्नु
पहिले स्वास्थ्यकर्मीको सल्लाह/निर्देशन लिनू।
6. BP Cuff (Aneroid Sphygmomanometer)
·
जानकारी: यो
Blood Pressure
नाप्न प्रयोग गरिने उपकरणको एक भाग हो। जुन
पाखुरामा बेरिन्छ।
·
उपयोग: Blood Pressure
मापनको लागि उपयोगमा ल्याईन्छ।
·
प्रयोग: पाखुरामा उचित तरिकाले कफ बेरेर Sphygmomanometer र Stethoscope
-को
सहायताले Blood Pressure नापिन्छ।
·
ध्यान दिनु पर्ने:
ü बिरामीको पाखुराको
आकार अनुसार सही कफको साइज प्रयोग गर्नु पर्छ।
ü कफलाई धेरै कसिलो वा
खुकुलो हुने गरी नबाँध्नु होस्।
ü नियमित रूपमा समयको
तालिका बनाई जाँच गर्नुस्।
7. BP Set (Digital)
·
जानकारी: यो
एक Electronic
उपकरण हो। जसले Digital
रूपमा Blood Pressure मापन गर्छ।
·
उपयोग: सजिलो/छिटो Blood Pressure मापनको
लागि यसको उपयोग हुने गर्दछ।
·
प्रयोग: पाखुरामा उचित तरिकाले कफ लगाई
मेशिन अन गरेपछि यसले स्वतः Blood Pressure –को नाप लिने गर्दछ।
·
ध्यान दिनु पर्ने:
ü कफलाई धेरै कसिलो वा
खुकुलो हुने गरी नबाँध्नु होस्।
ü नियमित रूपमा समयको
तालिका बनाई जाँच गर्नुस्।
ü यसमा लाग्ने Battery
-को
अवस्था नियमित जाँच गर्नुस्।
8. Cotton
·
जानकारी: Cotton
–को सरल अर्थ कपास हो। यहाँ भने Cotton –ले,
कपासको Ball/Roll –लाई
प्रतिनिधित्व गर्दछ।
·
उपयोग: रगत वा तरल पदार्थ सोस्न, घाउ सफा गर्न, औषधि लगाउन, आदि
कामका लागि यसको उपयोग हुने गर्दछ।
·
प्रयोग: यसलाई आवश्यकता अनुसार सीधै
प्रयोग गर्न सकिन्छ।
·
ध्यान दिनु पर्ने:
ü सघन उपचार र खुल्ला
घाउका लागि Sterilized Cotton मात्र प्रयोग
गर्ने।
9. Crepe Bandage
·
जानकारी: यो
एक प्रकारको Elastic कपडाको
पट्टी हो।
·
उपयोग: खुट्टा मर्किँदा, मांसपेशीको
दुखाइ, Swelling
कम गर्न, आदिमा यसको
उपयोग गर्ने गरिन्छ।
·
प्रयोग: Bandage
-लाई प्रभावित अंगमा धेरै कसिलो नहुने गरी लपेटेर
बाँध्ने।
·
ध्यान दिनु पर्ने:
ü Bandage
-लाई धेरै कसिलो गरी नबाँध्ने,
नत्र
भने रक्त संचारमा बाधा पुर्याउन सक्छ।
10.
Dettol
·
जानकारी: एक
प्रसिद्ध किटाणुनाशक (Disinfectant) तरल
पदार्थ हो।
·
उपयोग: यसलाई घाउ सफा गर्न र छालालाई किटाणुबाट बचाउन/हटाउन उपयोगमा
ल्याईन्छ।
·
प्रयोग: सीधै वा पानीमा मिसाएर यसको
प्रयोग गर्न सकिन्छ।
·
ध्यान दिनु पर्ने:
ü प्रयोग अघि
स्वास्थ्यकर्मी संग अवस्य सल्लाह लिनू।
ü यसको गाढा घोल सीधै
खुल्ला घाउमा प्रयोग गर्नु हुदैन, जलन हुन सक्छ।
ü यसलाई,
बालबालिकाको
पहुँचबाट साथै आँखा र मुखबाट टाढा राख्ने।
11.
First Aid Bag
·
जानकारी: यो
आपतकालीन अवस्थाका लागि प्रयोग हुने First
Aid Kit राख्ने झोला हो।
·
उपयोग: First Aid Kit राख्नका
लागि यसको उपयोग हुन्छ।
·
प्रयोग: आवश्यक First
Aid Kit सामग्रीहरू यसमा राखेर सबैले देख्ने गरी सुरक्षित ठाउँमा राख्ने।
·
ध्यान दिनु पर्ने:
ü First
Aid Kit –को प्रयोगका लागि हो भने विज्ञ व्यक्तिले मात्र प्रयोग गर्ने।
(First
Aid Kit –मा के-के सामान हुन्छन? जान्न चाहनुहुन्छ भने
यहाँ Click गर्नुहोला।)
12. First Aid Box
·
जानकारी: यो
आपतकालीन अवस्थाका लागि प्रयोग हुने First
Aid Kit राख्ने Box हो।
·
उपयोग: First Aid Kit राख्नका
लागि यसको उपयोग हुन्छ।
·
प्रयोग: आवश्यक First
Aid Kit सामग्रीहरू यसमा राखेर सबैले देख्ने गरी सुरक्षित ठाउँमा राख्ने।
·
ध्यान दिनु पर्ने:
ü First
Aid Kit –को प्रयोगका लागि हो भने विज्ञ व्यक्तिले मात्र प्रयोग गर्ने।
(First
Aid Kit –मा के-के सामान हुन्छन? जान्न चाहनुहुन्छ भने
यहाँ Click गर्नुहोला।)
13.
Gauze Piece (Sterile)
·
जानकारी: यो
Sterilize
गरिएको जालीदार Cotton
कपडाको टुक्रा हो।
·
उपयोग: Dressing –को रूपमा, घाउ सफा गर्न, रगत वा तरल पदार्थ सोस्न आदिमा यसको उपयोग आउने गर्दछ।
·
प्रयोग: Gauze-Pad
–को
Packet खोलेर सीधै घाउमा वा प्रयोग गर्ने ठाउँमा
लगाउने।
·
ध्यान दिनु पर्ने:
ü Packet बिग्रिएको वा Expiry
Date बाँकि नरहेको भए प्रयोग नगर्ने।
14. Gloves (Examinations)
·
जानकारी: सामान्य
कामहरूका लागि प्रयोग गरिने Disposable Gloves हो।
·
उपयोग: सामान्य रूपमा फोहोर/संक्रमणबाट बचाउन यसको उपयोग हुने गर्दछ।
·
प्रयोग: यसलाई
हातमा लगाउने।
·
ध्यान दिनु पर्ने:
ü प्रयोग
गरी सकेपछि उचित तरिकाले फाल्ने र हात धुने गर्नुपर्दछ।
15.
Gloves (Sterile)
·
जानकारी: विशेष
गरी किटाणुमुक्त (Sterilize)
गरिएको Gloves, जुन
Surgical
प्रक्रियाहरूमा प्रयोग गरिन्छ।
·
उपयोग: विशेषतः स्वास्थ्यका सघन कार्य/उपचार हेतु यसलाई उपयोगमा ल्याईन्छ।
·
प्रयोग: हातलाई सफा/सुक्खा बनाई सुरक्षा अपनाएर यसलाई हातमा लगाउने/निकाल्ने।
·
ध्यान दिनु पर्ने:
ü Gloves
–को
प्याकेट बिग्रिए/नबिग्रिएको र Expiry Date
रहे/नरहेको
सुनिश्चित गर्नुस्।
ü प्रयोग गरी सकेपछि उचित तरिकाले फाल्ने।
16.
Glucometer (Set)
·
जानकारी: यो
रगतमा Sugar -को
मात्रा के-कति छ भनी मापनका लागि प्रयोग गरिने Device
हो।
·
उपयोग: मधुमेह (Diabetes)
भएका बिरामीहरूले आफ्नो रगतमा Sugar -को
मात्रा, नियमित जाँच गर्न यसको
उपयोग गर्दछन्।
·
प्रयोग: Set
भित्र
रहेको Lancet-Gun –मा Lancet
हालेर
Gun –को सहायताले हातको औंलामा Pinch
गरी
एक थोपा रगत Test Strip –मा राखी,
Strip –लाई ‘ON’ गरी राखेको Glucometer
-मा
घुसाएर केही क्षण पर्खे पछि यसले नतिजा देखाउने गर्दछ।
·
ध्यान दिनु पर्ने:
ü प्रत्येक पटक नयाँ Test
Strip र Lancet प्रयोग गर्ने।
ü Test
Strip –को Expiry Date रहे/नरहेको
सुनिश्चित गर्ने।
17.
Handiplast
·
जानकारी: यो
त हामीले सानातिना घाउ वा चोटपटकमा प्रयोग गर्दै आएको Bandage हो।
·
उपयोग: साना घाउ/चोटपटकहरूलाई धुलो, किटाणु
र पानीबाट बचाउन यसको उपयोग हुने गर्छ। (एउटा गोप्य कुरा - ‘हामी भने
लुगामा स-सानो प्वाल भेट्यो भने त्यसमा पनि Handiplast
टाँसिदिन्छौं।‘)
·
प्रयोग: सानो घाउ वा चोटपटकमा Bandage
–को
पछाडिको भाग निकाली लगाउने।
·
ध्यान दिनु पर्ने:
ü Bandage सकेसम्म Daily
Change गर्नु होला।
18. Hot Bag (Electrical)
·
जानकारी: यो
पनि ‘Hot Water Bag’ जस्तै
काम गर्ने Bag हो।
यद्यपि यसमा पानी निकाल्ने/राख्ने गर्नु पर्दैन। साथै यसलाई तातो बनाउन पनि सजिलो
छ। यो Electricity बाट
सजिलै तातो हुने गर्दछ।
·
उपयोग: चिसोबाट बचाउन,
जोर्नीको कडापन कम गर्न र शारीरिक मांसपेशीको दुखाइ कम गर्न यसलाई उपयोगमा
ल्याईन्छ।
·
प्रयोग: ‘Hot
Bag’ संगै रहेको ‘Power Adapter’ –को
एक भाग Bag –मा
र अर्को Board –मा
लगाई ‘Switch ON’ गरेर
तातो भएपछि प्रभावित क्षेत्रमा राख्ने।
·
ध्यान दिनु पर्ने:
ü यसको प्रयोग गर्दा
कपडाले बेरेर मात्रै प्रयोगमा ल्याउने, सीधै छालामा राख्दा जल्न सक्छ।
ü Bag
–मा
कतै चुहावट
त छैन? ‘Power Adapter’ –को
तारको अवस्था जाँच गरेर मात्रै प्रयोगमा ल्याउनू।
ü सुत्दा
वा बेहोस अवस्थामा प्रयोग नगर्नू।
19.
Hot Water Bag
·
जानकारी: यो
तातो पानी भर्न मिल्ने रबरको Bag हो।
·
उपयोग: शरीरलाई न्यानो बनाउन,
पेटको दुखाइमा आरामका लागि र शारीरिक मांसपेशीको दुखाइ कम गर्न यसलाई उपयोगमा
ल्याईन्छ।
·
प्रयोग: तातो पानी भरेर यसको मुख बन्द
गरी प्रभावित क्षेत्रमा सेक्ने/राख्ने।
·
ध्यान दिनु पर्ने:
ü यसको प्रयोग गर्दा
कपडाले बेरेर मात्रै प्रयोगमा ल्याउने, सीधै छालामा राख्दा जल्न सक्छ।
ü Bag
–मा
कतै चुहावट
त छैन? जाँच गरेर मात्रै प्रयोगमा ल्याउनू।
20. House Gloves
·
जानकारी: यो
सरसफाई र अन्य सामान्य काममा प्रयोग गरिने रबरको Gloves
हो।
·
उपयोग: यसलाई रसायन, पानी
वा फोहोरबाट जोगिनका लागि उपयोगमा ल्याईन्छ।
·
प्रयोग: सरसफाई वा अन्य काम गर्दा हातमा
लगाउने।
·
ध्यान दिनु पर्ने:
ü यस्तो खालको Gloves
मेडिकल
प्रयोजनका लागि प्रयोग नगर्नुहोला।
ü पुनः प्रयोगका लागि राम्ररी
धोएर सुकाएर राख्ने।
21.
Mask (3-Ply/Adult)
·
जानकारी: विगत
4/5 वर्ष यता हामीले Mask धेरै
लगायौं। तिनीहरु मध्य Medical Face Mask पनि
लगायौं। त्यही Three Layer को
Disposable Face Mask हो, यो।
·
उपयोग: श्वासप्रश्वास सम्बन्धी संक्रमणको रोकथामका लागि यसको उपयोग हुदै आएको छ।
·
प्रयोग: Mask -लाई ठीक बीचबाट Fold
गर्ने,
Fold गरे पट्टीको Hard भागलाई दबाउने, Hard
भाग
नाकको डाँडीमा पारी मुख छोप्ने गरी Mask लगाउने।
·
ध्यान दिनु पर्ने:
ü Mask भिजेको वा फोहोर
भएमा बदल्ने।
ü Mask -को बाहिरी भागलाई
हातले नछुने।
22.
Mask (3-Ply/Kids)
·
जानकारी: बालबालिकाका
लागि मिल्ने गरी Design
गरिएको Three Layer को
Disposable Face Mask हो
यो।
·
उपयोग: बालबालिकालाई श्वासप्रश्वास सम्बन्धी संक्रमणको रोकथामको लागि यसको
उपयोग गरिन्छ।
·
प्रयोग: Mask –लाई ठीक बीचबाट Fold
गर्ने,
Ear-Loop –लाई थोरै तन्क्याईदिने, Fold गरे पट्टीको Hard
भागलाई
दबाउने, Hard भाग नाकको डाँडीमा पारी मुख छोप्ने गरी Mask लगाई दिने।
·
ध्यान दिनु पर्ने:
ü Ear-Loop
–ले
बढी दबाब दिए/नदिएको वा बच्चालाई अप्ठेरो महसुस भए/नभएको सुनिश्चित गर्ने।
ü Mask भिजेको वा फोहोर
भएमा बदल्ने।
ü Mask -को बाहिरी भागलाई
हातले नछुने।
23.
Measuring Tape
·
जानकारी: यो
विभिन्न नापका लागि प्रयोग गरिने ‘Tape’
हो।
·
उपयोग: विविध नापका लागि साथै स्वास्थ्य दृष्टिकोणबाट भने, व्यक्ति/बिरामीको
शरीरका पाखुरा, पेट र अन्य भाग वा घाउको आकार मापन गर्न यसको उपयोग
हुने गर्दछ।
·
प्रयोग: ‘Tape’ –को एक शिराबाट मापन गर्ने।
·
ध्यान दिनु पर्ने:
ü
“यसमा सावधानी
अपनाउनु पर्ने के होला? ‘Comment Section’ भन्नु ल!”
24.
Nebulizer
·
जानकारी: Nebulizer
प्रायः जसो घरमा प्रयोग भई आएको Device हो। खासगरी Asthma
र COPD जस्तो
बिरामीहरूको लागि प्रयोगमा आउने गर्दछ। यस
मेशिनद्वारा Liquid औषधिलाई धुवाँ बनाउने गरिन्छ। जुन
धुँवा मार्फत, मास्क वा Mouth-Piece
–को प्रयोग गरी श्वासको
माध्यमले आवश्यक औषधि फोक्सोसम्म पुर्याउने गरिन्छ।
·
उपयोग: Asthma
र COPD वा अन्य श्वासप्रश्वास सम्बन्धी
समस्या भएका बिरामीहरूलाई औषधि दिने कामका लागि यसको उपयोग हुन्छ।
·
प्रयोग: औषधिलाई
Nebulizer-Mask –मा
रहेको कपमा राखेर मेसिनलाई ‘ON’ गर्नुस्, बिरामीलाई मास्क वा Mouth-Piece
-बाट श्वासप्रश्वास गर्न
लगाउनु होस्।
·
ध्यान दिनु पर्ने:
ü प्रत्येक
पटक प्रयोग गरी सकेपछि Device र Mask राम्ररी सफा गर्नुस्।
ü स्वास्थ्यकर्मीको
निर्देशन अनुसार औषधि प्रयोग गर्नुहोला।
ü फिल्टर
नियमित रूपमा जाँच गर्नुस्, र बदल्ने गर्नुस्।
25.
Nebulizer Mask
·
जानकारी: Nebulizer
-बाट आउने औषधिलाई श्वासप्रश्वासको माध्यमबाट
फोक्सोमा पुर्याउनका लागि प्रयोग गरिने मास्क हो।
·
उपयोग: Nebulizer -को
प्रयोग गर्दा बिरामीलाई सजिलोसँग औषधि फोक्सोसम्म पुर्याउनका लागि यसको उपयोग
गरिन्छ।
·
प्रयोग: मास्क,
बिरामीको मुख र नाक छोप्ने गरी अनुहारमा लगाउनु होस्।
·
ध्यान दिनु पर्ने:
ü बिरामीको आवश्यकता
अनुसार, सही साईजको मास्क प्रयोग गर्नुस्।
ü मास्कलाई सफा र
सुख्खा ठाउँमा राख्नुस्।
ü प्रत्येक पटक
प्रयोगपछि सफा गरी राख्नुस्।
26.
Paper Tape
·
जानकारी: यो
पनि Adhesive Tape
नै हो।
यो Paper –ले बनेको हुन्छ।
·
उपयोग: यसको उपयोग Dressing र
स-सानो चीज/बीज टाँस्न/सुरक्षित गर्नका लागि गरिन्छ।
·
प्रयोग: यसलाई टाँस्नका लागि प्रयोग गर्ने।
·
ध्यान दिनु पर्ने:
ü Bandage
आदि
लगाउँदा धेरै कसिलो गरी नटाँस्ने।
27.
Pulse Oximeter
·
जानकारी: यो एउटा सानो Device हो। जसलाई जाँचका दौरान हातका औंलामा लगाईन्छ। यसले रगतमा
हुने Oxygen –को मात्रा र नाडीको
गति मापन गर्दछ। हाम्रो शरीरमा
Oxygen –को मात्रा सही छ/छैन पत्ता लगाउन
यसले मद्दत गर्दछ।
·
उपयोग: बिरामीको श्वासप्रश्वास अवस्थाको निगरानी गर्न, विशेष गरी श्वासप्रश्वास समस्या भएका बिरामीहरूका लागि यसको उपयोग
गरिन्छ।
·
प्रयोग: हातका
औंलामा क्लिप लगाए झैँ गरी केही सेकेन्ड लगाउनु होस्।
·
ध्यान दिनु पर्ने:
ü नङपालिस
लगाएको वा चिसो औंलामा यसले गलत रिपोर्ट देखाउन सक्छ।
ü समय-समयमा,
यसमा भएको ब्याट्रीको अवस्था जाँच गर्न भने न भुल्नुहोला।
28.
Roller Bandage
·
जानकारी: यो
घाउ वा चोटपटकमा लपेट्नका लागि प्रयोगमा आउने पट्टी हो। यो जालीदार पातलो Layer र Cotton –ले बनेको हुन्छ।
·
उपयोग: घाउमा Dressing –लाई
सुरक्षित राख्न यसको उपयोग गरिन्छ।
·
प्रयोग: यसलाई चोट/घाउमा
Dressing गरी सकेपछि सो क्षेत्रमा गोलो गरी लपेटेर बाँध्ने।
·
ध्यान दिनु पर्ने:
ü चोट/घाउमा धेरै दबाब नदिने गरी
बाँध्ने।
29. Room Thermometer (Digital)
·
जानकारी: यो
कोठाको Temperature Digital रूपमा
नाप्न प्रयोग गरिने Device हो।
·
उपयोग: कोठा वा अन्य क्षेत्रको वरिपरिको Temperature
निगरानी गर्न यसको उपयोग हुने गर्दछ।
·
प्रयोग: कोठामा
देखिने ठाउँमा झुन्ड्याई राख्ने।
·
ध्यान दिनु पर्ने:
ü सही Reading –का लागि सीधै घाम वा तातोको स्रोतबाट टाढा राख्ने।
30.
SB Scissors
·
जानकारी: यो
मेडिकल प्रयोजनका लागि प्रयोग गरिने कैंची हो।
·
उपयोग: Bandage, Tape, कपडा
वा अन्य सामग्री काट्न उपयोग
हुने गर्दछ।
·
प्रयोग: Normally कैंची अनुसार प्रयोगमा ल्याउने।
·
ध्यान दिनु पर्ने:
ü नियमित रूपमा सफा र निर्मलीकरण/Sterilize
गरी
प्रयोग गर्ने।
31.
Sanitizer
·
जानकारी: कोभिड
पछि त यसको प्रयोग विश्वमै बढ्यो। हामी सबैले यसको उपयोग गरेका छौं। यसलाई हातमा
हुनसक्ने किटाणु मुक्त गर्नका लागि प्रयोगमा ल्याउने गरिन्छ। यो तरल वा जेलका
रूपमा हुने गर्दछ।
·
उपयोग: हात धुन साबुन र पानी उपलब्ध नभएको बेला हात सफा गर्न वा किटाणुबाट
बचाउन यसको उपयोग गरिन्छ।
·
प्रयोग: Sanitizer
थोरै मात्रामा हातमा लिएर हत्केला
अगाडि/पछाडी राम्ररी मल्नुस।
·
ध्यान दिनु पर्ने:
ü Sanitizer आँखामा पर्नबाट
जोगाउनु होला।
ü Sanitizer ज्वलनशील पदार्थ भएकाले आगोको स्रोतबाट
टाढा राख्नुस्।
ü यसको अत्यधिक प्रयोगले
छाला सुख्खा बनाउन सक्छ।
32.
Stethoscope
·
जानकारी: यो
एक मेडिकल उपकरण हो। विभिन्न शारीरिक चेक/जाँचका लागि प्रयोगमा आउने गर्दछ। यसलाई
स्वास्थ्यकर्मीको गहनाका रूपमा पनि हेरिन्छ।
·
उपयोग: व्यक्ति/बिरामीको मुटु, फोक्सो
र अन्य शारीरिक रोगको निदानका लागि शारीरिक
आवाजहरू सुन्न र मूल्यांकन गर्न यसको उपयोग हुने गर्दछ।
·
प्रयोग: व्यक्ति/बिरामीको शरीरमा Chest-Piece राखेर कानमा Ear-Piece लगाई सुन्ने।
·
ध्यान दिनु पर्ने:
ü Ear-Piece,
Chest-Piece र Tube -मा कुनै क्षति भए/नभएको सुनिश्चित गर्ने।
33.
Thermometer (Digital)
·
जानकारी: यो
शरीरको Temperature/Fever
नाप्न प्रयोग गरिने Digital Device हो।
·
उपयोग: Temperature/Fever
नाप्न यसलाई उपयोगमा ल्याईन्छ।
·
प्रयोग: मुखमा, पाखुरा मुनि (Armpit) राखेर चेक/जाँच गर्ने।
·
ध्यान दिनु पर्ने:
ü सही र सटीक नतिजाका
लागि Alarm पछि मात्र Read गर्ने।
34.
Thermometer (Non-Contact/IR)
·
जानकारी: यो
Infra-Red प्रविधि बनेको Thermometer हो।
यसले शरीरलाई नछोइकन Temperature/Fever
नाप्न मद्दत गर्दछ।
·
उपयोग: Temperature/Fever,
छिटो नाप्नका लागि, संक्रमणको जोखिम भएको स्थानका लागि यसको उपयोग आउने गर्छ।
·
प्रयोग:
Thermometer –लाई निधार वा कानको छेउमा राखेर Switch दबाउने।
·
ध्यान दिनु पर्ने:
ü यसको प्रयोग गर्दा सही
दुरीबाट नाप लिने गर्नु पर्दछ।
35.
Tissue Paper
·
जानकारी: यो
Paper –ले
बनेको नरम Disposable रूमाल
हो।
·
उपयोग: रूमालको विकल्पको रूपमा सामान्य सरसफाइ, नाक/हात पुछ्न, आदि कामका लागि यसलाई उपयोगमा ल्याईन्छ।
·
प्रयोग: आवश्यकता
अनुसार प्रयोग गर्ने।
·
ध्यान दिनु पर्ने:
ü प्रयोग
गरी सकेपछि सही तरिकाले फाल्ने।
36.
Thumb Forceps
·
जानकारी: यो
चिम्टा प्रकारको
Surgical Instrument हो।
·
उपयोग: स-सानो कामको लागि (Gauze
Pad समात्न आदि) सीधै हात प्रयोग नगरी विकल्प/सुरक्षाको लागि यसलाई
उपयोगमा लिईन्छ।
·
प्रयोग: यसलाई
चिम्टा प्रयोग गरे जसरी प्रयोग गर्न सकिन्छ।
·
ध्यान दिनु पर्ने:
ü प्रत्येक
पटक प्रयोग गरी सकेपछि राम्ररी Sterilize
गर्ने।
37. Triangular Bandage
·
जानकारी: यो एक
त्रिभुजाकार कपडाको पट्टी हो।
·
उपयोग: हात, पाखुरा, खुट्टाका दुखाईमा राहतका लागि Support दिन र भाच्चिएको/मर्किएको ठाउँलाई Stable
बनाई राख्न यसको उपयोग हुने गर्दछ।
·
प्रयोग: यसलाई
विभिन्न तरिकाले सीधै बाँध्न सकिन्छ।
·
ध्यान दिनु पर्ने:
ü यसलाई
सही तरिकाले प्रयोग गर्न भने तालिम आवश्यक हुन्छ।
38.
Vaporizer (Steam Inhaler)
·
जानकारी: यो Device –ले पानीलाई तताएर बाफ बनाउने काम गर्छ।
·
उपयोग: यसलाई नाक बन्द हुँदा, खोकी कम
गर्न, फोक्सोको कफ निकाल्न र छालालाई
नरम बनाउन आदिका लागि उपयोग गर्ने गरिन्छ।
·
प्रयोग: Vaporizer-मा आवश्यक मात्रामा पानी भरेर तताउनुस र बाफ लिनुस्।
·
ध्यान दिनु पर्ने:
ü तातो बाफले छाला
जल्न सक्छ, त्यसका लागि आवश्यक सावधानी अपनाउनु होस्।
ü बच्चाहरूबाट टाढा राख्नु
होस्।
ü प्रयोगपछि सफा गरी
राख्नुस्।
39.
Weighing Scale (Digital)
·
जानकारी: यो
व्यक्तिको तौल (Weight) Digital रूपमा नाप्न प्रयोग गरिने उपकरण हो।
·
उपयोग: व्यक्तिको तौल नियमित निगरानी गर्न यसको उपयोग गरिन्छ।
·
प्रयोग: Scale
–मा व्यक्तिलाई उभ्याउने र Scale
–मा देखाएको तौल पढ्ने गर्नु पर्दछ।
·
ध्यान दिनु पर्ने:
ü प्रयोगका दौरान Weighing
Scale समतल सतहमा छ/छैन सुनिश्चित गर्नुस्।
ü यो Battery –बाट चल्ने उपकरण हुनाले Battery –को अवस्था
नियमित चेक/जाँच गर्नु पर्दछ।
40. Weighing Scale (Manual)
·
जानकारी: यो
व्यक्तिको तौल (Weight) Manual रूपमा नाप्न प्रयोग गरिने उपकरण हो।
·
उपयोग: व्यक्तिको
तौल नियमित निगरानी गर्न यसको उपयोग गरिन्छ।
·
प्रयोग: Scale -मा व्यक्तिलाई उभ्याउने र Scale
–मा काँटाले देखाएको तौल पढ्ने गर्नु पर्दछ।
·
ध्यान दिनु पर्ने:
ü प्रयोगका दौरान Weighing
Scale समतल सतहमा छ/छैन सुनिश्चित गर्नुस्।
ü तौलअघि Scale –को काँटा शून्यमा ‘0’ –छ/छैन चेक गर्नुस्। यदि छैन भने काँटा भएको दिशाको ठीक विपरित साईडमा रहेको Scaling
–को
मद्दतले ‘0’ –मा ल्याएर मात्र तौल लिने गर्नुस्।
“भन्नै पर्ने कुरा : कुनै पनि Health Devices/Products प्रयोग गर्नु अघि डाक्टरको सल्लाह
लिनुहोला। तपाईंको स्वास्थ्य स्थिति के-कस्तो छ; डाक्टरलाई थाहा हुने भएकाले सोही
अनुरूपको सही उपयोगका लागि Device/Products र उचित प्रयोगका लागि मात्रा आदिको
बारेमा सल्लाह पाउनुहुनेछ।“
यहाँसम्म पढ्दै आउनु भएकोमा, यहाँलाई धेरै-धेरै धन्यवाद! Products सम्बन्धित जानकारीले हामीमा दुविधा रहदैन।
Products छनौटका समयमा निर्णय लिन सजिलो पर्ने
गर्दछ। त्यसमा पनि हाम्रै घर वरिपरि उपयोग/प्रयोगमा आउने Health
Related Devices/Products –का बारेमा
जानकारी लिदाँ भने भविष्यमा यसले धेरै सहयोग पुर्याउने गर्दछ। यीनै विषयवस्तु
समेटेर हामी पनि Campaign चलाईरहेका छौं।
यदि तपाईं ‘HO_MED’ –मा नगई सीधै
यस Link-मा आउनुभएको भने हाम्रो ‘Health Related Campaign’ –का बारेमा पढ्न/बुझ्न र यसको महत्व
थाहापाई राख्न यहाँ Click गर्नु होस्।
हामीलाई थाहा छ, Health Products छनौट गर्न
कत्तिको महत्वपूर्ण विषय हुने गर्दछ। त्यसैले पनि यहाँ हामीले विभिन्न Category बनाई सरल रूपमा प्रस्तुत गरेका छौं। यदि
तपाईं पनि यस्तै प्रकारका Health Related Products –को बारेमा थप अरु जानकारी लिन चाहनुहुन्छ, या तपाईं आवश्यकताको हिसाबले
सल्लाह लिन चाहनुहुन्छ भने हाम्रो HO_MED
टीम यहाँको सेवाको लागि
हरपल तयार छ।
संग-संगै तपाईं स्वास्थ्य क्षेत्रसंग सम्बन्धित थप Equipment र Products (Quantity with Quality) -का बारेमा जानकारी लिन वा ठुलो
परिमाणमा काम गर्न ईच्छुक हुनुहुन्छ भने तल दिएको विवरण अनुरुप सम्पर्क गर्न सक्नु
हुनेछ।
“के तपाईं पनि आफ्नो घरको लागि ‘Easy Care Health - Products’ खोजिरहनु भएको त छैन?”
सही सामान, सुरक्षित Packaging-का साथ Health
Related Products लिने विचार गर्नु भएको छ भने...
सम्पर्कका लागि
:
काठमाडौँ
(चक्रपथदेखि बाहिर दुई कि.मि. सम्म) –का लागि:
·
Free Delivery & Installation –को सुविधा लिनुस्।
·
प्रयोग, उपयोग र अपनाउनु पर्ने सावधानीका बारेमा प्रत्यक्ष जानकारी पाउनुहोस्।
·
Return/Refund बिना
हिचकिचाहट गर्नुहोस्।



.png)


Comments
Post a Comment