First Care : HO_First-Aid
हामी सबैको, व्यक्तिगत, पारिवारिक र सामाजिक जीवनका आकांक्षा र आवश्यकता भिन्न/भिन्न छन्। यहाँ भने हामी आवश्यकता भित्रमा
पनि, प्राथमिक विषयमा केन्द्रित छौं। र त्यो पनि स्वास्थ्यसंग सम्बन्धित
प्राथमिकताका विषयमा।
"आधारभूत विषयमा, हामी कहिलै नाफा/घाटाको हिसाब गरी बस्दैनौ।"
हाम्रै अगाडि कुनै चोटपटक/दुर्घटना भयो भने - हामी के-के काम
गर्न सक्छौं? घाईतेलाई Support दिन सक्छौं। यदि Bleeding भएको छ भने रोक्ने प्रयाश गर्न सक्छौं। स्वास्थ्य केन्द्र जानु
अघि घाईतेलाई Bandage लगाउनु पर्ने हो कि? दुखाई बढी छ भने नदुख्ने औषधि दिनु पर्ने पो हो कि? आदि
काम संग-संगै स्वास्थ्य केन्द्रसम्म जानको लागि Ambulance/यातायातको व्यवस्था मिलाउन सक्छौं। यदि हामीसंग यी प्रक्रियाको
दौरान, Antiseptic, Bandages, Cotton, Gloves,
Medicine, Scissors, Thermometer, etc. हुने हो भने
घाईतेलाई कति राहत हुनसक्छ? First-Aid Kit राख्दा नाफा/घाटा के छ?
यद्यपि, Kit –को जगेर्ना गर्नु सम्भावित स्वास्थ्य जोखिमका लागि जागरुक रहनु हो।
स्वास्थ्य सम्बन्धित आधारभूत First-Aid Kit भित्र के-के Items पर्दछन। Kit कहाँ-कहाँ प्रयोगमा आउन सक्छ। यहाँ Kit –मा रहने Items लिस्ट र विवरणहरु दिईएको छ। आउनुहोस्, विषयमा प्रवेश गरौँ...
प्राथमिक उपचार किट
First-Aid Kit कहाँ-कहाँ आवश्यक
पर्न सक्छ? घर, परिवारमा कसैलाई घाउ/चोटपटक लागेमा।
विद्यालय/कलेज/विश्वविद्यालयमा, शिक्षक/विद्यार्थीलाई घाउ/चोटपटक लागेमा। यसैगरी
श्रम-प्रधान कार्यस्थलमा, खेलकुद शिक्षणस्थल, स्वास्थ्य सेवा अध्ययन/पेशा/व्यवसाय
र सवारी साधन आदिको लागि एक आधारभूत Products हो।
आफ्नो First-Aid Kit सामाग्री नियमित रूपमा चेक/जाँच गर्नुहोस्, र यी कुराहरुमा सुनिश्चित रहनुहोस्:
·
Kit –मा भएका
वस्तुहरु सफा गरिएको छ।
·
Kit –मा रहेका Bottle/Packet राम्रो संग बन्द गरिएका छन्।
·
Products/Medicine –को म्याद सकिने मिति नाघेको छैन।
·
पहिले Use –मा
आईसकेका वस्तुहरू Replace गरिएको छ।
·
First-Aid Kit कहाँ
राखिन्छ यो बारेमा परिवार/टीम/समूहका सबै सदस्यलाई थाहा छ।
Optional Products थप्नुहोस्:
हामी सबैले नियम/कानूनको पालना गर्नुपर्दछ। हामी कुनै पनि औषधि सिफारिस गर्न असक्षम
छौं। यसैगरी विभिन्न स्टेशनरी Products पनि
यहाँलाई पायक पर्ने स्थानबाट जुटाई राख्न जोड दिन चाहन्छौं।
·
यदि तपाईं आफ्नो First-Aid Kit व्यक्तिगत रूपमा प्रयोगमा ल्याउन चाहनुहुन्छ भने, फार्मेसी
(औषधिहरू) र स्टेशनरी (नोट बुक, पेन) आदि ठाउँबाट थप सामान जुटाई राख्न सक्नुहुन्छ।
ü
औषधिमा:
ज्वरो, दुखाई, अपच, वान्ता, झाडा-पखाला आदि लिई Kit –मा राख्न सक्नु
हुन्छ।
ü
स्टेशनरीमा:
नोट बुक, पेन, मार्कर, सेफ्टी पिन आदि लिई Kit –मा राख्न सक्नु हुन्छ।
·
आफ्नो
व्यक्तिगत आवश्यक औषधि First-Aid Kit –मा
बोक्न सक्नु हुन्छ।
यहाँ, Blog –लाई छिटो/सजिलोसंग पढ्न सकियोस् र पढिएका
विषयवस्तु सजिलै बुझ्न सकियोस् भनी सक्दो प्रयाश गरिएको छ। Item/Item -को छुट्टा-छुट्टै
विवरण पढ्न/बुझ्न, लिस्टमा आधारित क्रम संख्याका आधारमा मिल्ने गरी, Items –को विवरण बनाईएको छ। ‘English Alphabetical Order’ (Sort by A to Z) –मा लिस्ट/विवरणलाई पढ्न सक्नुहुनेछ।
1. Adhesive Tape
·
जानकारी: यो एक प्रकारको टाँस्नका लागि
प्रयोगमा आउने Tape हो। यसलाई विशेष गरी Paper र Cloth Types –मा, स्वास्थ्यसंग सम्बन्धित प्रयोजनका लागि डिजाइन गरिएको हुन्छ।
यहाँ भने Adhesive Tape –ले कपडावाला ‘Tape’ –को प्रतिनिधित्व गरको छ।
·
उपयोग: Dressing, Bandage र स्वास्थ्यसंग सम्बन्धित अन्य काममा टाँस्नका लागि अथवा सुरक्षित
राख्नका लागि उपयोगमा ल्याईन्छ।
·
प्रयोग: यसलाई सफा र सुख्खा छालामा सीधै टाँस्न सकिन्छ।
·
ध्यान दिनु पर्ने:
ü
यसलाई धेरै कसिलो गरी नटाँस्नु होला।
रक्त प्रवाहमा बाधा पुर्याउन सक्छ।
ü यदि छाला संवेदनशील भएमा
वा लामो समयसम्म प्रयोग गर्नुपरेमा स्वास्थ्यकर्मीको सल्लाह लिनू।
2. Alcohol Swab
·
जानकारी: यो एक Alcohol -ले भिजाएको Disposable सानो कपासको टुक्रा हो।
·
उपयोग: विशेषतः छालालाई सफा गर्न र किटाणुमुक्त गर्न यसको
प्रयोग गरिन्छ। यसलाई सुई लगाउनुअघि वा रगत निकाल्नुअघि उपयोगमा ल्याईन्छ।
·
प्रयोग: Lancet/Needle/Syringe लगाउनु पर्ने ठाउँलाई Swab-ले एक पटक मात्र पुछ्ने र सुक्न दिने।
·
ध्यान दिनु पर्ने:
ü
आँखा वा खुल्ला घाउमा यसको प्रयोग गर्नु
हुदैन।
ü यो ज्वलनशील हुने गर्दछ, आगोबाट टाढा राख्नु
होला।
3. Artery Forceps
·
जानकारी: Gauze Piece, टिस्यु (Tissue), आदिलाई समात्न प्रयोग गरिने कैंची आकारको Surgical Instrument हो।
·
उपयोग: यसको उपयोग Surgery लगायतका कामका लागि हुने गर्दछ। साथ-साथै स-सानो चीजलाई स्थिर
रूपले समात्नका लागि उपयोगमा ल्याईन्छ।
·
प्रयोग: यसलाई कैंची समरूप समाएर प्रयोग गर्ने।
·
ध्यान दिनु पर्ने:
ü
यसको प्रयोग गर्नुअघि र पछि राम्ररी निर्मलीकरण/(Sterilize)
गर्नुपर्दछ।
ü खिया लागेको वा Sterilize नगरेको Forceps प्रयोग नगर्ने।
4. Betadine (Povidon-Iodine)
·
जानकारी: यो एक शक्तिशाली किटाणुनाशक (Disinfectant)
घोल
हो जसमा पोभिडोन-आयोडिन हुन्छ।
·
उपयोग: अति सघन प्रक्रिया बाहेक यसलाई
घाउ सफा गर्न, घाउको संक्रमण रोक्न र उपचार गर्नका लागि उपयोगमा ल्याईन्छ।
·
प्रयोग: स्वास्थ्यकर्मीको निर्देशन बमोजिम प्रभावित क्षेत्रमा सिधै लगाउने वा पानीमा मिसाएर प्रयोग गर्ने।
·
ध्यान दिनु पर्ने:
ü
यस झोलमा आयोडिन हुनाले, आयोडिन एलर्जी
भएका व्यक्ति/बिरामीहरूमा प्रयोग नगर्ने।
ü
आँखामा पर्नबाट जोगाउने।
ü यसको प्रयोग गर्नु पहिले
स्वास्थ्यकर्मीको सल्लाह/निर्देशन लिनू।
5. BP Cuff (Aneroid Sphygmomanometer)
·
जानकारी: यो Blood Pressure नाप्न प्रयोग गरिने उपकरणको एक भाग हो। जुन पाखुरामा बेरिन्छ।
·
उपयोग: Blood Pressure मापनको लागि उपयोगमा ल्याईन्छ।
·
प्रयोग: पाखुरामा उचित तरिकाले कफ बेरेर Sphygmomanometer र Stethoscope -को सहायताले Blood Pressure नापिन्छ।
·
ध्यान दिनु पर्ने:
ü
बिरामीको पाखुराको आकार अनुसार सही कफको
साइज प्रयोग गर्नु पर्छ।
ü
कफलाई धेरै कसिलो वा खुकुलो हुने गरी
नबाँध्नु होस्।
ü नियमित रूपमा समयको तालिका
बनाई जाँच गर्नुस्।
6. Cotton
·
जानकारी: Cotton –को सरल अर्थ कपास हो। र यो कपासको Ball/Roll –लाई प्रतिनिधित्व गर्दछ।
·
उपयोग: रगत वा तरल पदार्थ सोस्न, घाउ
सफा गर्न, औषधि लगाउन, आदि कामका लागि यसको उपयोग हुने गर्दछ।
·
प्रयोग: यसलाई आवश्यकता अनुसार सिधै प्रयोग गर्न सकिन्छ।
·
ध्यान दिनु पर्ने:
ü सघन उपचार र खुल्ला घाउका
लागि Sterilized Cotton मात्र प्रयोग गर्ने।
7. Crepe Bandage
·
जानकारी: यो एक प्रकारको Elastic
कपडाको
पट्टी हो।
·
उपयोग: खुट्टा मर्किँदा, मांसपेशीको दुखाइ, Swelling कम गर्न, आदिमा यसको उपयोग गर्ने गरिन्छ।
·
प्रयोग: Bandage -लाई प्रभावित अंगमा धेरै कसिलो नहुने गरी लपेटेर बाँध्ने।
·
ध्यान दिनु पर्ने:
ü
Bandage -लाई धेरै कसिलो गरी नबाँध्ने, नत्र भने रक्त संचारमा
बाधा पुर्याउन सक्छ।
8. Dettol
·
जानकारी: एक प्रसिद्ध किटाणुनाशक (Disinfectant)
तरल
पदार्थ हो।
·
उपयोग: यसलाई घाउ सफा गर्न र छालालाई किटाणुबाट बचाउन/हटाउन उपयोगमा ल्याईन्छ।
·
प्रयोग: सीधै वा पानीमा मिसाएर यसको प्रयोग गर्न सकिन्छ।
·
ध्यान दिनु पर्ने:
ü
प्रयोग अघि स्वास्थ्यकर्मी संग अवस्य सल्लाह लिनू।
ü
यसको गाढा घोल सीधै खुल्ला घाउमा प्रयोग गर्नु
हुदैन, जलन हुन सक्छ।
ü
यसलाई, बालबालिकाको पहुँचबाट साथै आँखा र मुखबाट टाढा राख्ने।
9. Elastic Adhesive Bandage
·
जानकारी: यो कपडाले बनेको, लचिलो र टाँसिने
Medical पट्टी हो।
·
उपयोग: कडा रूपले, Dressing सुरक्षित गर्न, जोर्नीलाई Support दिनका लागि यसको उपयोग हुने गर्दछ।
·
प्रयोग: प्रभावित क्षेत्रमा आवश्यकता अनुसार यसलाई सीधै प्रयोग गर्न सकिन्छ।
·
ध्यान दिनु पर्ने:
कसिलो हुने गरी नबाँध्ने।
10.
First
Aid Bag
·
जानकारी: यो आपतकालीन अवस्थाका लागि प्रयोग हुने First Aid Kit राख्ने झोला हो।
·
उपयोग: First Aid Kit राख्नका लागि यसको उपयोग हुन्छ।
·
प्रयोग: आवश्यक First Aid Kit सामग्रीहरू यसमा राखेर सबैले देख्ने गरी
सुरक्षित ठाउँमा राख्ने।
·
ध्यान दिनु पर्ने:
ü First Aid Kit –को प्रयोगका लागि हो भने विज्ञ व्यक्तिले
मात्र प्रयोग गर्ने।
11.
First Aid Box
·
जानकारी: यो आपतकालीन अवस्थाका लागि प्रयोग हुने First Aid Kit राख्ने Box हो।
·
उपयोग: First Aid Kit राख्नका लागि यसको उपयोग हुन्छ।
·
प्रयोग: आवश्यक First Aid Kit सामग्रीहरू यसमा राखेर सबैले देख्ने गरी
सुरक्षित ठाउँमा राख्ने।
·
ध्यान दिनु पर्ने:
ü First Aid Kit –को प्रयोगका लागि हो भने विज्ञ व्यक्तिले
मात्र प्रयोग गर्ने।
12.
Gauze
Piece (Sterile)
·
जानकारी: यो Sterilize गरिएको जालीदार Cotton कपडाको टुक्रा हो।
·
उपयोग: Dressing –को रूपमा,
घाउ सफा गर्न, रगत वा तरल पदार्थ सोस्न आदिमा यसको उपयोग आउने गर्दछ।
·
प्रयोग: Gauze-Pad –को Packet खोलेर सिधै घाउमा वा प्रयोग गर्ने
ठाउँमा लगाउने।
·
ध्यान दिनु पर्ने:
ü Packet बिग्रिएको वा Expiry Date बाँकि नरहेको भए प्रयोग नगर्ने।
13.
Gloves (Examinations)
·
जानकारी: सामान्य कामहरूका लागि प्रयोग
गरिने Disposable Gloves हो।
·
उपयोग: सामान्य रूपमा फोहोर/संक्रमणबाट
बचाउन यसको उपयोग हुने गर्दछ।
·
प्रयोग: यसलाई हातमा लगाउने।
·
ध्यान दिनु पर्ने:
ü प्रयोग गरी सकेपछि उचित
तरिकाले फाल्ने र हात धुने गर्नुपर्दछ।
14. Gloves (Sterile)
·
जानकारी: विशेष गरी किटाणुमुक्त (Sterilize) गरिएको Gloves, जुन Surgical प्रक्रियाहरूमा प्रयोग गरिन्छ।
·
उपयोग: विशेषतः स्वास्थ्यका सघन कार्य/उपचार हेतु यसलाई
उपयोगमा ल्याईन्छ।
·
प्रयोग: हातलाई सफा/सुक्खा बनाई सुरक्षा अपनाएर यसलाई हातमा लगाउने/निकाल्ने।
·
ध्यान दिनु पर्ने:
ü
Gloves –को प्याकेट बिग्रिए/नबिग्रिएको र Expiry Date रहे/नरहेको सुनिश्चित गर्नुस्।
ü प्रयोग गरी सकेपछि उचित तरिकाले
फाल्ने।
15.
Handiplast
·
जानकारी: यो त हामीले सानातिना घाउ वा चोटपटकमा प्रयोग
गर्दै आएको Bandage हो।
·
उपयोग: साना घाउ/चोटपटकहरूलाई धुलो, किटाणु र पानीबाट बचाउन यसको
उपयोग हुने गर्छ। (एउटा गोप्य कुरा - ‘हामी भने लुगामा स-सानो प्वाल
भेट्यो भने त्यसमा पनि Handiplast टाँसिदिन्छौं।‘)
·
प्रयोग: सानो घाउ वा चोटपटकमा Bandage –को पछाडिको भाग निकाली लगाउने।
·
ध्यान दिनु पर्ने:
ü Bandage सकेसम्म Daily Change गर्नु होला।
16.
House
Gloves
·
जानकारी: यो सरसफाई र अन्य सामान्य काममा प्रयोग गरिने रबरको
Gloves हो।
·
उपयोग: यसलाई रसायन, पानी वा फोहोरबाट जोगिनका लागि
उपयोगमा ल्याईन्छ।
·
प्रयोग: सरसफाई वा अन्य काम गर्दा हातमा लगाउने।
·
ध्यान दिनु पर्ने:
ü
यस्तो खालको Gloves मेडिकल प्रयोजनका लागि प्रयोग नगर्नुहोला।
ü पुनः प्रयोगका लागि राम्ररी
धोएर सुकाएर राख्ने।
17.
Ice Pack
·
जानकारी: यो चिसो Therapy लागि प्रयोग गरिने, भित्र तरल पदार्थ रहेको Packet हो।
·
उपयोग: सुन्निएको/दुखाई कम गर्न, चिसो तापमानमा चिजबिज
राख्नु परे, आदि प्रयोजनका लागि यसको प्रयोग गरिन्छ।
·
प्रयोग: शरीरमा सीधै छालामा नलगाई कपडाले बेरी लगाउने भने
चिजिबिज सुरक्षित राख्नु पर्दा Plastic-Bag भित्र राखी काम लिने।
·
ध्यान दिनु पर्ने:
ü शरीरमा लामो समयसम्म (20
मिनेटभन्दा बढी) प्रयोग नगर्ने।
18.
Mask
(3-Ply/Adult)
·
जानकारी: विगत 4/5 वर्ष यता हामीले Mask धेरै लगायौं। तिनीहरु मध्य Medical Face Mask पनि लगायौं। त्यही Three Layer को Disposable Face Mask हो, यो।
·
उपयोग: श्वासप्रश्वास सम्बन्धी
संक्रमणको रोकथामका लागि यसको उपयोग हुदै आएको छ।
·
प्रयोग: Mask –लाई ठीक बीचबाट Fold गर्ने, Fold गरे पट्टीको Hard भागलाई दबाउने, Hard भाग नाकको डाँडीमा पारी मुख
छोप्ने गरी Mask लगाउने।
·
ध्यान दिनु पर्ने:
ü
Mask भिजेको वा फोहोर भएमा बदल्ने।
ü Mask -को बाहिरी भागलाई हातले
नछुने।
19.
Mask (3-Ply/Kids)
·
जानकारी: बालबालिकाका लागि मिल्ने गरी Design गरिएको Three Layer को Disposable Face Mask हो यो।
·
उपयोग: बालबालिकालाई श्वासप्रश्वास
सम्बन्धी संक्रमणको रोकथामको लागि यसको उपयोग गरिन्छ।
·
प्रयोग: Mask –लाई ठीक बीचबाट Fold गर्ने, Ear-Loop –लाई थोरै तन्क्याईदिने, Fold गरे पट्टीको Hard भागलाई दबाउने, Hard भाग नाकको डाँडीमा पारी मुख छोप्ने गरी Mask लगाई दिने।
·
ध्यान दिनु पर्ने:
ü
Ear-Loop –ले बढी दबाब दिए/नदिएको वा बच्चालाई अप्ठेरो महसुस भए/नभएको
सुनिश्चित गर्ने।
ü
Mask भिजेको वा फोहोर भएमा बदल्ने।
ü
Mask -को बाहिरी भागलाई हातले नछुने।
20.
Measuring
Tape
·
जानकारी: यो विभिन्न नापका लागि प्रयोग
गरिने ‘Tape’ हो।
·
उपयोग: विविध नापका लागि साथै स्वास्थ्य दृष्टिकोणबाट भने,
व्यक्ति/बिरामीको शरीरका पाखुरा, पेट र अन्य भाग वा घाउको आकार मापन गर्न यसको उपयोग
हुने गर्दछ।
·
प्रयोग: ‘Tape’ –को एक शिराबाट मापन गर्ने।
·
ध्यान दिनु पर्ने:
ü “यसमा सावधानी अपनाउनु पर्ने के होला? ‘Comment Section’ भन्नु ल!”
21.
Paper
Tape
·
जानकारी: यो पनि Adhesive Tape नै हो। यो Paper –ले बनेको हुन्छ।
·
उपयोग: यसको उपयोग Dressing र स-सानो चीज/बीज टाँस्न/सुरक्षित गर्नका लागि गरिन्छ।
·
प्रयोग: यसलाई टाँस्नका लागि प्रयोग
गर्ने।
·
ध्यान दिनु पर्ने:
ü Bandage आदि लगाउँदा धेरै कसिलो गरी नटाँस्ने।
22.
Pen
Torch
·
जानकारी: आकारमा Pen जस्तो देखिने यो एक सानो Torch-Light हो।
·
उपयोग: स्वास्थ्यकर्मीहरूले व्यक्ति/बिरामीको
आँखा, घाँटी वा अन्य क्षेत्र जाँच गर्न यसलाई उपयोगमा ल्याउँछन्।
·
प्रयोग: Pen को फेदमा रहेको Switch लाई थिचे पछि यो ‘ON’ हुने गर्दछ।
·
ध्यान दिनु पर्ने:
ü Battery -को अवस्था चेक/जांच गर्ने।
23.
Pulse
Oximeter
·
जानकारी: यो एउटा सानो Device हो। जसलाई जाँचका दौरान
हातका औंलामा लगाईन्छ। यसले रगतमा हुने Oxygen –को मात्रा र नाडीको गति मापन गर्दछ। हाम्रो शरीरमा Oxygen –को
मात्रा सही छ/छैन पत्ता लगाउन यसले मद्दत गर्दछ।
·
उपयोग: बिरामीको श्वासप्रश्वास अवस्थाको
निगरानी गर्न, विशेष गरी श्वासप्रश्वास समस्या भएका बिरामीहरूका लागि यसको उपयोग
गरिन्छ।
·
प्रयोग: हातका औंलामा क्लिप लगाए झैँ गरी केही सेकेन्ड लगाउनु
होस्।
·
ध्यान दिनु पर्ने:
ü
नङपालिस लगाएको वा चिसो औंलामा यसले गलत
रिपोर्ट देखाउन सक्छ।
ü समय-समयमा, यसमा भएको ब्याट्रीको
अवस्था जाँच गर्न भने न भुल्नुहोला।
24.
Roller
Bandage
·
जानकारी: यो घाउ वा चोटपटकमा लपेट्नका लागि प्रयोगमा आउने
पट्टी हो। यो जालीदार पातलो Layer र Cotton –ले बनेको हुन्छ।
·
उपयोग: घाउमा Dressing –लाई सुरक्षित राख्न यसको उपयोग गरिन्छ।
·
प्रयोग: यसलाई चोट/घाउमा Dressing गरी सकेपछि सो क्षेत्रमा गोलो गरी लपेटेर बाँध्ने।
·
ध्यान दिनु पर्ने:
ü चोट/घाउमा धेरै दबाब नदिने गरी बाँध्ने।
25.
SB
Scissors
·
जानकारी: यो मेडिकल प्रयोजनका लागि प्रयोग गरिने कैंची हो।
·
उपयोग: Bandage, Tape, कपडा वा अन्य सामग्री काट्न उपयोग हुने गर्दछ।
·
प्रयोग: Normally कैंची अनुसार प्रयोगमा ल्याउने।
·
ध्यान दिनु पर्ने:
ü नियमित रूपमा सफा र निर्मलीकरण/Sterilize गरी प्रयोग गर्ने।
26.
Sanitizer
·
जानकारी: कोभिड पछि त यसको प्रयोग विश्वमै बढ्यो। हामी सबैले यसको उपयोग गरेका
छौं। यसलाई हातमा हुनसक्ने किटाणु मुक्त
गर्नका लागि प्रयोगमा ल्याउने गरिन्छ। यो तरल वा जेलका रूपमा हुने गर्दछ।
·
उपयोग: हात धुन साबुन र पानी उपलब्ध
नभएको बेला हात सफा गर्न वा किटाणुबाट बचाउन यसको उपयोग गरिन्छ।
·
प्रयोग: Sanitizer थोरै मात्रामा हातमा लिएर हत्केला अगाडि/पछाडी राम्ररी मल्नुस।
·
ध्यान दिनु पर्ने:
ü
Sanitizer आँखामा पर्नबाट जोगाउनु होला।
ü
Sanitizer ज्वलनशील पदार्थ भएकाले आगोको स्रोतबाट टाढा राख्नुस्।
ü यसको अत्यधिक प्रयोगले
छाला सुख्खा बनाउन सक्छ।
27. Stethoscope
·
जानकारी: यो एक मेडिकल उपकरण हो। विभिन्न शारीरिक चेक/जाँचका लागि प्रयोगमा आउने
गर्दछ। यसलाई स्वास्थ्यकर्मीको गहनाका
रूपमा पनि हेरिन्छ।
·
उपयोग: व्यक्ति/बिरामीको मुटु, फोक्सो र अन्य शारीरिक रोगको निदानका
लागि शारीरिक आवाजहरू सुन्न र मूल्यांकन गर्न यसको उपयोग हुने गर्दछ।
·
प्रयोग: व्यक्ति/बिरामीको शरीरमा Chest-Piece राखेर कानमा Ear-Piece लगाई सुन्ने।
·
ध्यान दिनु पर्ने:
ü Ear-Piece, Chest-Piece र Tube -मा कुनै क्षति भए/नभएको सुनिश्चित गर्ने।
28.
Thermometer
(Digital)
·
जानकारी: यो शरीरको Temperature/Fever नाप्न प्रयोग गरिने Digital Device हो।
·
उपयोग: Temperature/Fever नाप्न यसलाई उपयोगमा ल्याईन्छ।
·
प्रयोग: मुखमा, पाखुरा मुनि (Armpit) राखेर चेक/जाँच गर्ने।
·
ध्यान दिनु पर्ने:
ü सही र सटीक नतिजाका लागि Alarm पछि मात्र Read गर्ने।
29.
Thumb
Forceps
·
जानकारी: यो चिम्टा प्रकारको Surgical Instrument हो।
·
उपयोग: स-सानो कामको लागि (Gauze Pad समात्न आदि) सीधै हात प्रयोग नगरी विकल्प/सुरक्षाको लागि यसलाई
उपयोगमा लिईन्छ।
·
प्रयोग: यसलाई चिम्टा प्रयोग गरे जसरी प्रयोग गर्न सकिन्छ।
·
ध्यान दिनु पर्ने:
ü प्रत्येक पटक प्रयोग गरी
सकेपछि राम्ररी Sterilize गर्ने।
30.
Triangular Bandage
·
जानकारी: यो एक त्रिभुजाकार कपडाको पट्टी हो।
·
उपयोग: हात, पाखुरा, खुट्टाका दुखाईमा
राहतका लागि Support दिन र भाच्चिएको/मर्किएको
ठाउँलाई Stable बनाई राख्न यसको उपयोग हुने
गर्दछ।
·
प्रयोग: यसलाई विभिन्न तरिकाले सीधै बाँध्न सकिन्छ।
·
ध्यान दिनु पर्ने:
ü यसलाई सही तरिकाले प्रयोग गर्न भने तालिम आवश्यक हुन्छ।
"भन्नै पर्ने कुरा : कुनै पनि Health Devices/Products प्रयोग गर्नु अघि डाक्टरको सल्लाह लिनुहोला। तपाईंको स्वास्थ्य स्थिति के-कस्तो छ; डाक्टरलाई थाहा हुने भएकाले सोही अनुरूपको सही उपयोगका लागि Device/Products र उचित प्रयोगका लागि मात्रा आदिको बारेमा सल्लाह पाउनुहुनेछ।"
यहाँसम्म पढ्दै आउनु
भएकोमा, यहाँलाई धेरै-धेरै धन्यवाद! Products सम्बन्धित जानकारीले हामीमा दुविधा रहदैन। Products छनौटका समयमा निर्णय लिन
सजिलो पर्ने गर्दछ। त्यसमा पनि हाम्रै घर वरिपरि उपयोग/प्रयोगमा आउने Health Related
Devices/Products
–का बारेमा जानकारी लिदाँ
भने भविष्यमा यसले धेरै सहयोग पुर्याउने गर्दछ। यीनै विषयवस्तु समेटेर हामी पनि Campaign चलाईरहेका छौं। यदि तपाईं ‘HO_MED’ –मा नगई सीधै यस Link-मा आउनुभएको भने हाम्रो ‘Health Related Campaign’ –का बारेमा पढ्न/बुझ्न र
यसको महत्व थाहापाई राख्न यहाँ Click गर्नु होस्।
हामीलाई थाहा छ, Health Products छनौट गर्न कत्तिको
महत्वपूर्ण विषय हुने गर्दछ। त्यसैले पनि यहाँ
हामीले विभिन्न Category बनाई सरल रूपमा प्रस्तुत गरेका छौं। यदि तपाईं पनि यस्तै प्रकारका Health Related Products –को बारेमा थप अरु जानकारी लिन चाहनुहुन्छ, या तपाईं आवश्यकताको हिसाबले
सल्लाह लिन चाहनुहुन्छ भने हाम्रो HO_MED टीम यहाँको सेवाको लागि हरपल तयार छ।
संग-संगै तपाईं स्वास्थ्य
क्षेत्रसंग सम्बन्धित थप Equipment र Products (Quantity with
Quality) -का बारेमा जानकारी लिन वा ठुलो
परिमाणमा काम गर्न ईच्छुक हुनुहुन्छ भने तल दिएको विवरण अनुरुप सम्पर्क गर्न सक्नु
हुनेछ।
"के तपाईं पनि आफ्नो घरको लागि ‘First-Aid Kit’ खोजिरहनु भएको त छैन?"
सही सामान, सुरक्षित Packaging-का साथ Health Related Products लिने विचार गर्नु भएको छ भने...
सम्पर्कका लागि :
काठमाडौँ (चक्रपथदेखि बाहिर दुई कि.मि. सम्म) –का
लागि:
·
Free Delivery & Installation –को सुविधा लिनुस्।
·
प्रयोग, उपयोग र अपनाउनु पर्ने सावधानीका बारेमा प्रत्यक्ष जानकारी पाउनुहोस्।
·
Return/Refund बिना
हिचकिचाहट गर्नुहोस्।



.png)


Comments
Post a Comment