घरमा सघन स्वास्थ्य हेरचाह : HO_Nursing/Parenting
बिरामीको
हेरचाह गर्नु धेरै संवेदनशील काम हो। जिम्मेवारीको काम हो। परिवार भित्र हो भने, यो
कर्तव्य पनि हो। बिरामीको सरसफाई, खानपिन र शारीरिक क्रियाकलापको निगरानी त हामी
गर्छौँ नै। उत्तिकै खाँचो पर्दछ; निगरानी मानसिक स्वास्थ्यको।
अति संवेदनशील
स्थितिमा बिरामी हेरचाह गर्नु परेको खण्डमा डाक्टर/स्वास्थ्यकर्मीको
पहिलो सुझाव Hospital –मा राख्नु नै हो। यद्यपि
दीर्घकालिन उपचार विधि अपनाउनु पर्ने बिरामी हुनुहुन्छ; भने घरमा नै एक Isolated
Room
बनाउने सल्लाह दिन सक्नुहुन्छ। Isolated Room प्राथमिकतामा छैन भने
पनि घर-परिवारले नै कुनै विशेष ठाउँ चयनमा जोड दिनुहुन्छ।
समग्रमा
हामीलाई संवेदनशील स्थितिमा बिरामी हेरचाह गर्नुछ। यसका लागि हामी केवल औषधिमा
निर्भर रहदैनौ। औषधिका साथ-साथै हामीलाई थप अरु स्वास्थ्य उपकरण/सामग्रीको खाँचो
पर्दछ। बिरामी हेरचाहका लागि के-के सामाग्री आवश्यक रहन सक्छ? आउनुहोस् यसबारे
लिस्ट र विवरणका माध्यमले बुझ्ने प्रयत्न गरौँ...
यहाँ, Blog –लाई छिटो/सजिलोसंग पढ्न सकियोस् र पढिएका
विषयवस्तु सजिलै बुझ्न सकियोस् भनी सक्दो प्रयाश गरिएको छ। Item/Item -को छुट्टा-छुट्टै
विवरण पढ्न/बुझ्न, लिस्टमा आधारित
क्रम संख्याका आधारमा मिल्ने गरी, Items –को विवरण बनाईएको छ। ‘English Alphabetical Order’ (Sort by A to Z) –मा लिस्ट/विवरणलाई पढ्न सक्नुहुनेछ।
1. Air Mattress
·
जानकारी: यो
एक प्रकारको ‘Air-Bubble’ Type-को रबरले बनेको Mattress
हो। यसमा भएका Bubbles हावाको
माध्यमबाट चलायमान हुने गर्दछ। लामो समयसम्म ओछ्यानमा सुत्ने बिरामी/व्यक्तिहरूका
लागि यसले मद्दत गर्छ।
·
उपयोग: विशेष गरी लामो समयसम्म ओछ्यानमा सुत्ने बिरामी/व्यक्तिहरूमा हुने Bedsore बाट राहत पाउनका लागि यसलाई उपयोगमा ल्याईन्छ।
·
प्रयोग: यसलाई डसना माथि Bed –मा बिच्छ्याउने, Mattress -मा जोडिएर आएको Tube –लाई Mattress संगै रहेको मेशिनमा जोडी मेशिन ‘ON’ गरी Flow मिलाएर प्रयोगमा लिने।
·
ध्यान दिनु पर्ने:
ü Mattress रबरले बनेको हुनाले
तिखा वस्तुको प्रयोगमा सावधानी अपनाउनु पर्छ।
2. Bed Full-Fowler (Medical/Hospital)
·
जानकारी: टाउको
र खुट्टा दुवै भागलाई आवश्यकता अनुसार माथि वा तल गर्न मिल्ने गरी बनेको Bed हो। व्यक्ति/बिरामीलाई Isolated
हेरचाह विधि अपनाउन घरमा यसको प्रयोग गरिन्छ।
·
उपयोग: Bed –मा व्यक्ति/बिरामीलाई
विभिन्न पोजिसनमा राख्न यसको उपयोग गरिन्छ।
·
प्रयोग: व्यक्ति/बिरामीको
अवस्था र आवश्यकता अनुसार Bed –को
टाउको र खुट्टा दुवै भागलाई माथि वा तल गर्न,
खुट्टापट्टीको बार मुनी रहेको साँचोको प्रयोग गर्ने।
·
ध्यान दिनु पर्ने:
ü व्यक्ति/बिरामीलाई सुरक्षित रूपमा Bed
-मा
राख्न भने Bedside Railing प्रयोग गर्नु पर्दछ।
3. Bed Pan
·
जानकारी: यो
ओछ्यानमै शौच गर्नुपर्ने बाध्यात्मक स्थितिमा रहनुभएका व्यक्ति/बिरामीका लागि
प्रयोग गरिने भाँडा हो।
·
उपयोग: ओछ्यानबाट उठ्न नसक्ने व्यक्ति/बिरामीलाई दिसा/पिसाब गराउनका लागि
यसको उपयोग हुने गर्दछ।
·
प्रयोग: यसलाई
व्यक्ति/बिरामीको नितम्ब मुनि
राखेर प्रयोग गरिन्छ।
·
ध्यान दिनु पर्ने:
ü व्यक्ति/बिरामीको
गोपनीयता कायम राख्नुस्।
4. Bed Semi-Fowler (Medical/Hospital)
·
जानकारी: टाउको-को
भागलाई आवश्यकता अनुसार माथि वा तल गर्न मिल्ने गरी बनेको Bed हो। व्यक्ति/बिरामीलाई Isolated
हेरचाह विधि अपनाउन घरमा यसको प्रयोग गरिन्छ।
·
उपयोग: Bed –मा व्यक्ति/बिरामीलाई कमर माथिको भाग आवश्यकता अनुसार तल/माथि गर्न
यसको उपयोग गरिन्छ।
·
प्रयोग: व्यक्ति/बिरामीको अवस्था र
आवश्यकता अनुसार टाउको-को भागलाई माथि वा तल गर्नका लागि खुट्टापट्टीको बार मुनी
रहेको साँचोको प्रयोग गर्ने।
·
ध्यान दिनु पर्ने:
ü व्यक्ति/बिरामीलाई सुरक्षित रूपमा Bed
-मा
राख्न भने Bedside Railing प्रयोग गर्नु पर्दछ।
5. Bed Sheet
·
जानकारी: Normal Bed Sheet भन्दा फरक यो सादा Sheet रहने गर्छ। Bed –मा
यो नसर्कियोस भनी ध्यान दिईएको हुन्छ। यसलाई निर्मलीकरण/Sterilize गर्न पनि सहज पर्ने गर्दछ।
·
उपयोग: सरसफाइ कायम राख्न, व्यक्ति/बिरामीलाई
आराम दिलाउन र Bed -लाई
सुरक्षित राख्न यसलाई
उपयोगमा लिईन्छ।
·
प्रयोग: Bed
Sheet –लाई Bed –मा Mattress माथि बिछ्याउने।
·
ध्यान दिनु पर्ने:
ü Bed –मा सफा र सुख्खा Bed
Sheet मात्र प्रयोग गर्नुस्।
6. Bedside Railing
·
जानकारी: यो
Medical
Bed –को दायाँ/बायाँ छेउमा लगाइने, तल/माथि गराउन मिल्ने सुरक्षात्मक
बार हो।
·
उपयोग: अशक्त, बेहोस,
छट्पटाउने व्यक्ति/बिरामीलाई ओछ्यानबाट भुईंमा खस्नदेखि बचाउनका लागि यसको उपयोग
हुने गर्दछ।
·
प्रयोग: व्यक्ति/बिरामी बेडमा हुँदा वा
आवश्यकता पर्दा Railing माथि उठाउने।
·
ध्यान दिनु पर्ने:
ü माथि उठाएको Railing सुरक्षित रूपमा Lock भए/नभएको सुनिश्चित
गर्ने।
ü Railing तल/माथि गर्दा,
व्यक्ति/बिरामीलाई Railing –ले चोट नलागोस् भनेर ध्यान दिनु पर्दछ।
7. BP Set (Digital)
·
जानकारी: यो
एक Electronic
उपकरण हो। जसले Digital
रूपमा Blood Pressure मापन गर्छ।
·
उपयोग: सजिलो/छिटो Blood Pressure मापनको लागि यसको उपयोग
हुने गर्दछ।
·
प्रयोग: पाखुरामा उचित तरिकाले कफ लगाई
मेशिन अन गरेपछि यसले स्वतः Blood Pressure –को नाप लिने गर्दछ।
·
ध्यान दिनु पर्ने:
ü कफलाई धेरै कसिलो वा
खुकुलो हुने गरी नबाँध्नु होस्।
ü नियमित रूपमा समयको
तालिका बनाई जाँच गर्नुस्।
ü यसमा लाग्ने Battery
-को
अवस्था नियमित जाँच गर्नुस्।
8. Commode Chair
·
जानकारी: यो
कुर्सीको Shape –मा
Commode
भएको Portable Toilet हो।
·
उपयोग: यसले Toilet
सम्म जान नसक्ने व्यक्ति/बिरामीहरूलाई शौच गर्न मद्दत गर्दछ।
·
प्रयोग: व्यक्ति/बिरामीलाई कुर्सी माथि
बसालेर यसको प्रयोग गरिन्छ।
·
ध्यान दिनु पर्ने:
ü प्रयोगका दौरान कुर्सी
स्थिर रहे/नरहेको र Lock लागे/नलागेको अनिवार्य जाँच गर्नु पर्दछ।
ü व्यक्ति/बिरामीको गोपनीयता कायम
राख्ने।
9. Cotton
·
जानकारी: Cotton
–को सरल अर्थ कपास हो। र यो कपासको Ball/Roll
–लाई प्रतिनिधित्व गर्दछ।
·
उपयोग: रगत वा तरल पदार्थ सोस्न, घाउ सफा गर्न, औषधि लगाउन, आदि
कामका लागि यसको उपयोग हुने गर्दछ।
·
प्रयोग: यसलाई आवश्यकता अनुसार सिधै
प्रयोग गर्न सकिन्छ।
·
ध्यान दिनु पर्ने:
ü सघन उपचार र खुल्ला
घाउका लागि Sterilized Cotton मात्र प्रयोग
गर्ने।
10.
Diaper Adult
·
जानकारी: यो वयस्कहरूका
लागि डिजाइन गरिएको Disposable Underwear हो।
·
उपयोग: दिसा/पिसाब
Control
गर्न नसक्ने बिरामी/व्यक्तिहरूका लागि यसको उपयोग हुने गर्छ।
·
प्रयोग: सामान्य
Underwear लगाए झैं लगाउने।
·
ध्यान दिनु पर्ने:
ü छालामा Rashes
आउन
नदिन ध्यान दिनुस्।
ü प्रयोग गरी सकेपछि
उचित तरिकाले यसको व्यवस्थापन गर्नुस्।
11.
Dettol
·
जानकारी: एक
प्रसिद्ध किटाणुनाशक (Disinfectant) तरल
पदार्थ हो।
·
उपयोग: यसलाई घाउ सफा गर्न र छालालाई किटाणुबाट बचाउन/हटाउन उपयोगमा
ल्याईन्छ।
·
प्रयोग: सीधै वा पानीमा मिसाएर यसको
प्रयोग गर्न सकिन्छ।
·
ध्यान दिनु पर्ने:
ü प्रयोग अघि
स्वास्थ्यकर्मी संग अवस्य सल्लाह लिनू।
ü यसको गाढा घोल सीधै
खुल्ला घाउमा प्रयोग गर्नु हुदैन, जलन हुन सक्छ।
ü यसलाई,
बालबालिकाको
पहुँचबाट साथै आँखा र मुखबाट टाढा राख्ने।
12.
Disposable Cap
·
जानकारी: यो एक
प्रकारको Disposable टोपी हो।
·
उपयोग: स्वास्थ्यकर्मीहरूले आफ्नो कपाल ढाक्न यसको उपयोग गर्छन्।
·
प्रयोग: यसको दुई किनारमा समाएर थोरै
तन्काई खोल्ने अनि टाउकोमा लगाउने।
·
ध्यान दिनु पर्ने:
ü प्रयोग गरेपछि उचित
तरिकाले फाल्ने।
ü यसलाई कपाल पूरै
ढाकिने गरी लगाउनु पर्दछ।
13.
Disposable Shoe Cover
·
जानकारी: यो
जुत्तामा लगाउन मिल्ने Disposable जुत्ताको
खोल हो।
·
उपयोग: जुत्ताबाट आउने किटाणु र फोहोरलाई सफा क्षेत्रमा प्रवेश गर्नबाट
रोक्न, विशेष
गरी Operating/Isolation Room/Ward –मा
यसलाई उपयोगमा ल्याईन्छ।
·
प्रयोग: यसलाई जुत्तामा खोल लगाए झैँ गरी लगाउने।
·
ध्यान दिनु पर्ने:
ü चिप्लो सतहमा हिड्दा
सावधानी अपनाउनु पर्दछ।
14.
First Aid Bag
·
जानकारी: यो
आपतकालीन अवस्थाका लागि प्रयोग हुने First
Aid Kit राख्ने झोला हो।
·
उपयोग: First Aid Kit राख्नका
लागि यसको उपयोग हुन्छ।
·
प्रयोग: आवश्यक First
Aid Kit सामग्रीहरू यसमा राखेर सबैले देख्ने गरी सुरक्षित ठाउँमा राख्ने।
·
ध्यान दिनु पर्ने:
ü First
Aid Kit –को प्रयोगका लागि हो भने विज्ञ व्यक्तिले मात्र प्रयोग गर्ने।
(First Aid Kit –मा के-के सामान हुन्छन? जान्न
चाहनुहुन्छ भने यहाँ Click गर्नुहोला।)
15.
First Aid Box
·
जानकारी: यो
आपतकालीन अवस्थाका लागि प्रयोग हुने First
Aid Kit राख्ने Box हो।
·
उपयोग: First Aid Kit राख्नका
लागि यसको उपयोग हुन्छ।
·
प्रयोग: आवश्यक First
Aid Kit सामग्रीहरू यसमा राखेर सबैले देख्ने गरी सुरक्षित ठाउँमा राख्ने।
·
ध्यान दिनु पर्ने:
ü First
Aid Kit –को प्रयोगका लागि हो भने विज्ञ व्यक्तिले मात्र प्रयोग गर्ने।
(First Aid Kit –मा के-के सामान हुन्छन? जान्न
चाहनुहुन्छ भने यहाँ Click गर्नुहोला।)
16.
Foot Steps (Double)
·
जानकारी: यो
दुई तहको खुट्टा राख्ने सीढी हो।
·
उपयोग: व्यक्ति/बिरामीलाई अग्लो Bed
-मा चढ्न वा ओर्लनका लागि यसलाई उपयोगमा ल्याईन्छ।
·
प्रयोग:
Bed –को
नजिकै आवश्यकता अनुसार भुइँमा राखेर प्रयोग गर्ने।
·
ध्यान दिनु पर्ने:
ü Foot
Steps को सतह चिप्लो भए/नभएको र भुइँमा स्थिर छ/छैन सुनिश्चित गर्नुस्।
ü व्यक्ति/बिरामीले
प्रयोग गर्दा सहयोग प्रदान गर्नुस्।
17.
Gloves (Examinations)
·
जानकारी: सामान्य
कामहरूका लागि प्रयोग गरिने Disposable Gloves हो।
·
उपयोग: सामान्य रूपमा फोहोर/संक्रमणबाट बचाउन यसको उपयोग हुने गर्दछ।
·
प्रयोग: यसलाई
हातमा लगाउने।
·
ध्यान दिनु पर्ने:
ü प्रयोग
गरी सकेपछि उचित तरिकाले फाल्ने र हात धुने गर्नुपर्दछ।
18. Gloves (Sterile)
·
जानकारी: विशेष
गरी किटाणुमुक्त (Sterilize)
गरिएको Gloves, जुन
Surgical
प्रक्रियाहरूमा प्रयोग गरिन्छ।
·
उपयोग: विशेषतः स्वास्थ्यका सघन कार्य/उपचार हेतु यसलाई उपयोगमा ल्याईन्छ।
·
प्रयोग: हातलाई सफा/सुक्खा बनाई सुरक्षा अपनाएर यसलाई हातमा लगाउने/निकाल्ने।
·
ध्यान दिनु पर्ने:
ü Gloves
–को
प्याकेट बिग्रिए/नबिग्रिएको र Expiry Date
रहे/नरहेको
सुनिश्चित गर्नुस्।
ü प्रयोग गरी सकेपछि उचित तरिकाले फाल्ने।
19. Glucometer (Set)
·
जानकारी: यो
रगतमा Sugar -को
मात्रा के-कति छ भनी मापनका लागि प्रयोग गरिने Device
हो।
·
उपयोग: मधुमेह (Diabetes)
भएका बिरामीहरूले आफ्नो रगतमा Sugar -को
मात्रा, नियमित जाँच गर्न यसको
उपयोग गर्दछन्।
·
प्रयोग: Set
भित्र
रहेको Lancet-Gun –मा Lancet
हालेर
Gun –को सहायताले हातको औंलामा Pinch
गरी
एक थोपा रगत Test Strip –मा राखी,
Strip –लाई ‘ON’ गरी राखेको Glucometer
-मा
घुसाएर केही क्षण पर्खे पछि यसले नतिजा देखाउने गर्दछ।
·
ध्यान दिनु पर्ने:
ü प्रत्येक पटक नयाँ Test
Strip र Lancet प्रयोग गर्ने।
ü Test
Strip –को Expiry Date रहे/नरहेको
सुनिश्चित गर्ने।
20.
Hot Bag (Electrical)
·
जानकारी: यो
पनि ‘Hot Water Bag’ जस्तै
काम गर्ने Bag हो।
यद्यपि यसमा पानी निकाल्ने/राख्ने गर्नु पर्दैन। साथै यसलाई तातो बनाउन पनि सजिलो
छ। यो Electricity बाट
सजिलै तातो हुने गर्दछ।
·
उपयोग: चिसोबाट बचाउन,
जोर्नीको कडापन कम गर्न र शारीरिक मांसपेशीको दुखाइ कम गर्न यसलाई उपयोगमा
ल्याईन्छ।
·
प्रयोग: ‘Hot
Bag’ संगै रहेको ‘Power Adapter’ –को
एक भाग Bag –मा
र अर्को Board –मा
लगाई ‘Switch ON’ गरेर
तातो भएपछि प्रभावित क्षेत्रमा राख्ने।
·
ध्यान दिनु पर्ने:
ü यसको प्रयोग गर्दा
कपडाले बेरेर मात्रै प्रयोगमा ल्याउने, सीधै छालामा राख्दा जल्न सक्छ।
ü Bag
–मा
कतै चुहावट
त छैन? ‘Power Adapter’ –को
तारको अवस्था जाँच गरेर मात्रै प्रयोगमा ल्याउनू।
ü सुत्दा
वा बेहोस अवस्थामा प्रयोग नगर्नू।
21.
Hot Water Bag
·
जानकारी: यो
तातो पानी भर्न मिल्ने रबरको Bag हो।
·
उपयोग: शरीरलाई न्यानो बनाउन,
पेटको दुखाइमा आरामका लागि र शारीरिक मांसपेशीको दुखाइ कम गर्न यसलाई उपयोगमा
ल्याईन्छ।
·
प्रयोग: तातो पानी भरेर यसको मुख बन्द
गरी प्रभावित क्षेत्रमा सेक्ने/राख्ने।
·
ध्यान दिनु पर्ने:
ü यसको प्रयोग गर्दा
कपडाले बेरेर मात्रै प्रयोगमा ल्याउने, सीधै छालामा राख्दा जल्न सक्छ।
ü Bag
–मा
कतै चुहावट
त छैन? जाँच गरेर मात्रै प्रयोगमा ल्याउनू।
22.
House Gloves
·
जानकारी: यो
सरसफाई र अन्य सामान्य काममा प्रयोग गरिने रबरको Gloves
हो।
·
उपयोग: यसलाई रसायन, पानी
वा फोहोरबाट जोगिनका लागि उपयोगमा ल्याईन्छ।
·
प्रयोग: सरसफाई वा अन्य काम गर्दा हातमा
लगाउने।
·
ध्यान दिनु पर्ने:
ü यस्तो खालको Gloves
मेडिकल
प्रयोजनका लागि प्रयोग नगर्नुहोला।
ü पुनः प्रयोगका लागि राम्ररी
धोएर सुकाएर राख्ने।
23.
Mask (3-Ply/Adult)
·
जानकारी: विगत
4/5 वर्ष यता हामीले Mask धेरै
लगायौं। तिनीहरु मध्य Medical Face Mask पनि
लगायौं। त्यही Three Layer को
Disposable Face Mask हो,
यो।
·
उपयोग: श्वासप्रश्वास सम्बन्धी संक्रमणको रोकथामका लागि यसको उपयोग हुदै आएको छ।
·
प्रयोग: Mask –लाई ठीक बीचबाट Fold
गर्ने,
Fold गरे पट्टीको Hard भागलाई दबाउने, Hard
भाग
नाकको डाँडीमा पारी मुख छोप्ने गरी Mask लगाउने।
·
ध्यान दिनु पर्ने:
ü Mask भिजेको वा फोहोर
भएमा बदल्ने।
ü Mask -को बाहिरी भागलाई
हातले नछुने।
24.
Mattress
·
जानकारी: साधारणतः
Mattress डसना
नै हो। Water-Proof Cover लगाई
बनाईएकोले बाह्य तरलजन्य पदार्थले डसनाको भित्री भागमा असर गर्दैन। यसलाई Medical Bed –का लागि Fit आउने गरी नै बनाईएको हुन्छ। स्वास्थ्यका दृष्टिकोणले यस्तो प्रकारको
डसनाको प्रयोग गरिएको हुन्छ।
·
उपयोग: डसनाको कामका लागि नै उपयोगमा आउँछ।
·
प्रयोग: Mattress,
Bed -मा बिछ्याउने।
·
ध्यान दिनु पर्ने:
ü बिरामीको लागि
प्रयोगमा ल्याउँदा भने नियमित तन्ना (Bed-Sheet) Change
गर्ने।
25. Measuring Jug -1000ml
·
जानकारी: यो
एक लिटरसम्म (< 1000ML) तरल
पदार्थ मापनका लागि प्रयोग गरिने भाँडा हो।
·
उपयोग: औषधि,
अन्य तरल पदार्थको सही मात्रा नाप्न र
तथ्यांक संकलनका लागि यसको उपयोग हुने गर्दछ।
·
प्रयोग:
Jug –मा दिईएको रेखांकनका सहायताले तरल
पदार्थ भरेर मापन रेखा अनुसार नाप्ने।
·
ध्यान दिनु पर्ने:
ü सही मापनको लागि
समतल सतहमा राखेर नाप्ने गर्नु पर्दछ।
26.
Nebulizer
·
जानकारी: Nebulizer
प्रायः जसो घरमा प्रयोग भई आएको Device हो। खासगरी Asthma
र COPD जस्तो बिरामीहरूको लागि प्रयोगमा आउने गर्दछ। यस मेशिनद्वारा Liquid औषधिलाई धुवाँ बनाउने गरिन्छ। जुन धुँवा मार्फत, मास्क वा Mouth-Piece –को प्रयोग गरी श्वासको माध्यमले
आवश्यक औषधि फोक्सोसम्म पुर्याउने गरिन्छ।
·
उपयोग: Asthma
र COPD वा अन्य श्वासप्रश्वास सम्बन्धी
समस्या भएका बिरामीहरूलाई औषधि दिने कामका लागि यसको उपयोग हुन्छ।
·
प्रयोग: औषधिलाई
Nebulizer-Mask –मा
रहेको कपमा राखेर मेसिनलाई ‘ON’ गर्नुस्, बिरामीलाई मास्क वा Mouth-Piece
-बाट श्वासप्रश्वास गर्न
लगाउनु होस्।
·
ध्यान दिनु पर्ने:
ü प्रत्येक
पटक प्रयोग गरी सकेपछि Device र Mask राम्ररी सफा गर्नुस्।
ü स्वास्थ्यकर्मीको
निर्देशन अनुसार औषधि प्रयोग गर्नुहोला।
ü फिल्टर
नियमित रूपमा जाँच गर्नुस्, र बदल्ने गर्नुस्।
27.
Nebulizer Mask
·
जानकारी: Nebulizer
-बाट आउने औषधिलाई श्वासप्रश्वासको माध्यमबाट
फोक्सोमा पुर्याउनका लागि प्रयोग गरिने मास्क हो।
·
उपयोग: Nebulizer -को
प्रयोग गर्दा बिरामीलाई सजिलोसँग औषधि फोक्सोसम्म पुर्याउनका लागि यसको उपयोग
गरिन्छ।
·
प्रयोग: मास्क,
बिरामीको मुख र नाक छोप्ने गरी अनुहारमा लगाउनु होस्।
·
ध्यान दिनु पर्ने:
ü बिरामीको आवश्यकता
अनुसार, सही साईजको मास्क प्रयोग गर्नुस्।
ü मास्कलाई सफा र
सुख्खा ठाउँमा राख्नुस्।
ü प्रत्येक पटक
प्रयोगपछि सफा गरी राख्नुस्।
28.
Paper Tape
·
जानकारी: यो
पनि Adhesive Tape
नै हो।
यो Paper –ले बनेको हुन्छ।
·
उपयोग: यसको उपयोग Dressing र
स-सानो चीज/बीज टाँस्न/सुरक्षित गर्नका लागि गरिन्छ।
·
प्रयोग: यसलाई टाँस्नका लागि प्रयोग गर्ने।
·
ध्यान दिनु पर्ने:
ü Bandage
आदि
लगाउँदा धेरै कसिलो गरी नटाँस्ने।
29.
Pillow
·
जानकारी: साधारणतः
Pillow सिरानी
नै हो। Water-Proof Cover लगाई
बनाईएकोले बाह्य तरलजन्य पदार्थले सिरानीको भित्री भागमा असर गर्दैन। स्वास्थ्यका
दृष्टिकोणले यस्तो प्रकारको सिरानीको प्रयोग गरिएको हुन्छ।
·
उपयोग: विशेषतः टाउकोलाई आराम दिनको लागि यसलाई उपयोगमा ल्याईन्छ।
·
प्रयोग: यसको
बारेमा पनि भन्नु पर्ला र?
·
ध्यान दिनु पर्ने:
ü बिरामीको
लागि प्रयोगमा ल्याउँदा भने नियमित खोल Change
गर्ने।
30.
Pulse Oximeter
·
जानकारी: यो एउटा सानो Device हो। जसलाई जाँचका दौरान हातका औंलामा लगाईन्छ। यसले रगतमा
हुने Oxygen –को मात्रा र नाडीको
गति मापन गर्दछ। हाम्रो शरीरमा
Oxygen –को मात्रा सही छ/छैन पत्ता लगाउन
यसले मद्दत गर्दछ।
·
उपयोग: बिरामीको श्वासप्रश्वास अवस्थाको निगरानी गर्न, विशेष गरी श्वासप्रश्वास समस्या भएका बिरामीहरूका लागि यसको उपयोग
गरिन्छ।
·
प्रयोग: हातका
औंलामा क्लिप लगाए झैँ गरी केही सेकेन्ड लगाउनु होस्।
·
ध्यान दिनु पर्ने:
ü नङपालिस
लगाएको वा चिसो औंलामा यसले गलत रिपोर्ट देखाउन सक्छ।
ü समय-समयमा,
यसमा भएको ब्याट्रीको अवस्था जाँच गर्न भने न भुल्नुहोला।
31.
Room Thermometer (Digital)
·
जानकारी: यो
कोठाको Temperature Digital रूपमा
नाप्न प्रयोग गरिने Device हो।
·
उपयोग: कोठा वा अन्य क्षेत्रको वरिपरिको Temperature
निगरानी गर्न यसको उपयोग हुने गर्दछ।
·
प्रयोग: कोठामा
देखिने ठाउँमा झुन्ड्याई राख्ने।
·
ध्यान दिनु पर्ने:
ü सही Reading –का लागि सीधै घाम वा तातोको स्रोतबाट टाढा राख्ने।
32. Rubber Sheet (Mackintosh)
·
जानकारी: यो
रबरले बनेको Water-Proof Sheet हो।
जुन Bed-Sheet
मुनि राखिन्छ।
·
उपयोग: पिसाब, रगत वा
अन्य तरल पदार्थबाट ओच्छ्यान/डसना बचाउन यसलाई उपयोगमा ल्याईन्छ।
·
प्रयोग: डसनामाथि र Bed-Sheet मुनि राख्ने।
·
ध्यान दिनु पर्ने:
ü व्यक्ति/बिरामीको
छालामा प्रत्यक्ष सम्पर्कमा आउन नदिन Bed-Sheet मुनि यसलाई राख्नु पर्छ।
33.
Sanitizer
·
जानकारी: कोभिड
पछि त यसको प्रयोग विश्वमै बढ्यो। हामी सबैले यसको उपयोग गरेका छौं। यसलाई हातमा
हुनसक्ने किटाणु मुक्त गर्नका लागि प्रयोगमा ल्याउने गरिन्छ। यो तरल वा जेलका
रूपमा हुने गर्दछ।
·
उपयोग: हात धुन साबुन र पानी उपलब्ध नभएको बेला हात सफा गर्न वा किटाणुबाट
बचाउन यसको उपयोग गरिन्छ।
·
प्रयोग: Sanitizer
थोरै मात्रामा हातमा लिएर हत्केला
अगाडि/पछाडी राम्ररी मल्नुस।
·
ध्यान दिनु पर्ने:
ü Sanitizer आँखामा पर्नबाट
जोगाउनु होला।
ü Sanitizer ज्वलनशील पदार्थ भएकाले आगोको स्रोतबाट
टाढा राख्नुस्।
ü यसको अत्यधिक
प्रयोगले छाला सुख्खा बनाउन सक्छ।
34. Spittoon Mug Plastic
·
जानकारी: यो
व्यक्ति/बिरामीको खकार वा थुक जम्मा गर्न प्रयोग गरिने प्लास्टिकको भाँडा हो।
·
उपयोग: यसको उपयोग संक्रमण नियन्त्रण गर्न र सरसफाई कायम राख्नका लागि
गरिन्छ।
·
प्रयोग: व्यक्ति/बिरामीको
खकार वा थुक यसमा संकलन गर्न लगाउने।
·
ध्यान दिनु पर्ने:
ü संकलित
फोहोरबाट हुनसक्ने संक्रमण नियन्त्रणका लागि उचित तरिकाले फोहोरलाई व्यस्थापन
गर्ने।
35.
Suction (Portable)
·
जानकारी: यो
बाहिरी रूपले शरीरबाट खकार, बान्ता, रगत लगायत तरल पदार्थ बाहिर निकाल्न प्रयोग गरिने Portable Device हो।
·
उपयोग: विभिन्न श्रावहरू नियन्त्रण गर्न र श्वासप्रश्वास मार्ग सफा राख्न यसको
उपयोग हुने गर्दछ।
·
प्रयोग: आवश्यकता
अनुसार Suction Catheter र Yankauer
Suction (Vaccu Suc.) जोडेर प्रयोग गर्ने।
·
ध्यान दिनु पर्ने:
ü Suction Catheter -को सही साईज छनोट गरेर
मात्र प्रयोग गर्ने।
ü प्रत्येक
पटक प्रयोग गरी सकेपछि Tube र Container सफा/Sterilize गर्ने।
ü स्वास्थ्यकर्मीको
निर्देशन बमोजिम सही Pressure -मा
मात्र प्रयोग गर्ने।
36.
Thermometer (Digital)
·
जानकारी: यो
शरीरको Temperature/Fever
नाप्न प्रयोग गरिने Digital Device हो।
·
उपयोग: Temperature/Fever
नाप्न यसलाई उपयोगमा ल्याईन्छ।
·
प्रयोग: मुखमा, पाखुरा मुनि (Armpit) राखेर चेक/जाँच गर्ने।
·
ध्यान दिनु पर्ने:
ü सही र सटीक नतिजाका
लागि Alarm पछि मात्र Read गर्ने।
37.
Thermometer (Non-Contact/IR)
·
जानकारी: यो
Infra-Red प्रविधि बनेको Thermometer हो।
यसले शरीरलाई नछोइकन Temperature/Fever
नाप्न मद्दत गर्दछ।
·
उपयोग: Temperature/Fever,
छिटो नाप्नका लागि, संक्रमणको जोखिम भएको स्थानका लागि यसको उपयोग आउने गर्छ।
·
प्रयोग:
Thermometer –लाई निधार वा कानको छेउमा राखेर Switch दबाउने।
·
ध्यान दिनु पर्ने:
ü यसको प्रयोग गर्दा सही
दुरीबाट नाप लिने गर्नु पर्दछ।
38.
Tissue Paper
·
जानकारी: यो
Paper –ले
बनेको नरम Disposable रूमाल
हो।
·
उपयोग: रूमालको विकल्पको रूपमा सामान्य सरसफाइ, नाक/हात पुछ्न, आदि कामका लागि यसलाई उपयोगमा ल्याईन्छ।
·
प्रयोग: आवश्यकता
अनुसार प्रयोग गर्ने।
·
ध्यान दिनु पर्ने:
ü प्रयोग
गरी सकेपछि सही तरिकाले फाल्ने।
39.
Urinal (Plastic)
·
जानकारी: विभिन्न
स्थितिवश ओछ्यानमै पिसाब गर्नुपर्ने पुरुष बिरामीका लागि प्रयोग गरिने प्लास्टिकको
भाँडा हो।
·
उपयोग: ओछ्यानबाट उठ्न नसक्ने पुरुष व्यक्ति/बिरामीलाई पिसाब गर्न यसले
मद्दत गर्ने गर्दछ।
·
प्रयोग: व्यक्ति/बिरामीलाई
सीधै Urinal-मा
पिसाब गर्न लगाउने।
·
ध्यान दिनु पर्ने:
ü व्यक्ति/बिरामीको
गोपनीयता कायम राख्नुस्।
40.
Vaccine Box
·
जानकारी: यो
विभिन्न Vaccine/Medicine/Kits/Reagents/Blood
आदिलाई उचित Temperature –मा
राखी ओसार/पसार वा सुरक्षित राख्नका लागि बनेको Box
हो।
·
उपयोग: Vaccine/Medicine/Kits/Reagents/Blood
आदिलाई सुरक्षित राख्न/ढुवानीका लागि यसलाई उपयोगमा ल्याईन्छ।
·
प्रयोग:
Ice/Cold Pack राखेर Vaccine/Medicine/Kits/Reagents/Blood भित्र राख्ने।
·
ध्यान दिनु पर्ने:
ü Vaccine
Box –को Temperature नियमित रूपमा चेक/जाँच
गर्ने।
ü Vaccine
Box -लाई प्रयोगमा लिदाँ,
यसको ढक्कन राम्ररी बन्द गर्ने।
41.
Vaporizer (Steam Inhaler)
·
जानकारी: यो Device –ले पानीलाई तताएर बाफ बनाउने काम गर्छ।
·
उपयोग: यसलाई नाक बन्द हुँदा, खोकी कम
गर्न, फोक्सोको कफ निकाल्न र छालालाई
नरम बनाउन आदिका लागि उपयोग गर्ने गरिन्छ।
·
प्रयोग: Vaporizer-मा आवश्यक मात्रामा पानी भरेर तताउनुस र बाफ लिनुस्।
·
ध्यान दिनु पर्ने:
ü तातो बाफले छाला
जल्न सक्छ, त्यसका लागि आवश्यक सावधानी अपनाउनु होस्।
ü बच्चाहरूबाट टाढा राख्नु
होस्।
ü प्रयोगपछि सफा गरी
राख्नुस्।
42.
Weighing Scale (Digital)
·
जानकारी: यो
व्यक्तिको तौल (Weight) Digital रूपमा नाप्न प्रयोग गरिने उपकरण हो।
·
उपयोग: व्यक्तिको तौल नियमित निगरानी गर्न यसको उपयोग गरिन्छ।
·
प्रयोग: Scale
–मा व्यक्तिलाई उभ्याउने र Scale
–मा देखाएको तौल पढ्ने गर्नु पर्दछ।
·
ध्यान दिनु पर्ने:
ü प्रयोगका दौरान Weighing
Scale समतल सतहमा छ/छैन सुनिश्चित गर्नुस्।
ü यो Battery –बाट चल्ने उपकरण हुनाले Battery –को अवस्था
नियमित चेक/जाँच गर्नु पर्दछ।
43.
Weighing Scale (Manual)
·
जानकारी: यो
व्यक्तिको तौल (Weight) Manual रूपमा नाप्न प्रयोग गरिने उपकरण हो।
·
उपयोग: व्यक्तिको
तौल नियमित निगरानी गर्न यसको उपयोग गरिन्छ।
·
प्रयोग: Scale -मा व्यक्तिलाई उभ्याउने र Scale
–मा काँटाले देखाएको तौल पढ्ने गर्नु पर्दछ।
·
ध्यान दिनु पर्ने:
ü प्रयोगका दौरान Weighing
Scale समतल सतहमा छ/छैन सुनिश्चित गर्नुस्।
ü तौलअघि Scale –को काँटा शून्यमा ‘0’ –छ/छैन चेक गर्नुस्। यदि छैन भने काँटा भएको दिशाको ठीक विपरित साईडमा रहेको Scaling
–को
मद्दतले ‘0’ –मा ल्याएर मात्र तौल लिने गर्नुस्।
44.
Wipes
·
जानकारी: यो
एक Disposable
भिजेको कपास/कपडाका टुक्राहरूका रूपमा हुन्छ। यसलाई सरसफाईका लागि प्रयोगमा
ल्याईन्छ।
·
उपयोग: व्यक्ति/बिरामीको सरसफाईका लागि वा अन्य सरसफाईका लागि यसलाई उपयोगमा
ल्याईन्छ।
·
प्रयोग: आवश्यकता अनुसार सीधै प्रयोग गर्न सकिन्छ।
·
ध्यान दिनु पर्ने:
ü बच्चाहरूको छाला संवेदनशील
हुनाले Baby-Wipes प्रयोग गर्नु होला।
45. Yankauer Suction (Vaccu Suc.)
·
जानकारी: यो
विशेष गरी मुख र घाँटीबाट तरल पदार्थ हटाउन प्रयोग गरिने कडा र घुमाउरो खालको Suction Tube हो।
·
उपयोग: श्वासप्रश्वास मार्ग सफा राख्न र विशेष गरी बेहोस वा श्वासप्रश्वासमा कठिनाई भएका बिरामीहरूका लागि
यसको उपयोग गरिन्छ।
·
प्रयोग: यसलाई Suction
Machine –को Tube -मा जोडेर प्रयोगमा ल्याईन्छ।
·
ध्यान दिनु पर्ने:
ü प्रयोगका दौरान बिरामीको
श्वासप्रश्वासमा बाधा नपरोस् भनेर सावधानी अपनाउनु पर्छ।
ü प्रत्येक पटक
प्रयोगपछि राम्ररी सफा र निर्मलीकरण/(Sterilized) गर्नुस्।
ü स्वास्थ्यकर्मीको
निर्देशन बमोजिम सही Pressure –मा मात्र यसको प्रयोग गर्नुस्।
"भन्नै पर्ने कुरा : कुनै पनि Health Devices/Products प्रयोग गर्नु अघि डाक्टरको सल्लाह लिनुहोला। तपाईंको स्वास्थ्य स्थिति के-कस्तो छ; डाक्टरलाई थाहा हुने भएकाले सोही अनुरूपको सही उपयोगका लागि Device/Products र उचित प्रयोगका लागि मात्रा आदिको बारेमा सल्लाह पाउनुहुनेछ।"
यहाँसम्म पढ्दै आउनु भएकोमा, यहाँलाई धेरै-धेरै धन्यवाद! Products सम्बन्धित जानकारीले हामीमा दुविधा रहदैन।
Products छनौटका समयमा निर्णय लिन सजिलो पर्ने
गर्दछ। त्यसमा पनि हाम्रै घर वरिपरि उपयोग/प्रयोगमा आउने Health
Related Devices/Products –का बारेमा
जानकारी लिदाँ भने भविष्यमा यसले धेरै सहयोग पुर्याउने गर्दछ। यीनै विषयवस्तु
समेटेर हामी पनि Campaign चलाईरहेका छौं।
यदि तपाईं ‘HO_MED’ –मा नगई सीधै
यस Link-मा आउनुभएको भने हाम्रो ‘Health Related Campaign’ –का बारेमा पढ्न/बुझ्न र यसको महत्व
थाहापाई राख्न यहाँ Click गर्नु होस्।
हामीलाई थाहा छ, Health Products छनौट गर्न
कत्तिको महत्वपूर्ण विषय हुने गर्दछ। त्यसैले
पनि यहाँ हामीले विभिन्न Category बनाई सरल रूपमा प्रस्तुत गरेका छौं। यदि
तपाईं पनि यस्तै प्रकारका Health Related Products –को बारेमा थप अरु जानकारी लिन चाहनुहुन्छ, या तपाईं आवश्यकताको हिसाबले
सल्लाह लिन चाहनुहुन्छ भने हाम्रो HO_MED
टीम यहाँको सेवाको लागि
हरपल तयार छ।
संग-संगै तपाईं स्वास्थ्य क्षेत्रसंग सम्बन्धित थप Equipment र Products (Quantity with Quality) -का बारेमा जानकारी लिन वा ठुलो
परिमाणमा काम गर्न ईच्छुक हुनुहुन्छ भने तल दिएको विवरण अनुरुप सम्पर्क गर्न सक्नु
हुनेछ।
"के तपाईं पनि आफ्नो घरको लागि 'Nursing/Parenting Health Products/Devices/Equipment' खोजिरहनु भएको त छैन?"
सही सामान, सुरक्षित Packaging-का साथ Health
Related Products लिने विचार गर्नु भएको छ भने...
सम्पर्कका लागि
:
काठमाडौँ
(चक्रपथदेखि बाहिर दुई कि.मि. सम्म) –का लागि:
·
Free Delivery & Installation –को सुविधा लिनुस्।
·
प्रयोग, उपयोग र अपनाउनु पर्ने सावधानीका बारेमा प्रत्यक्ष जानकारी पाउनुहोस्।
·
Return/Refund बिना
हिचकिचाहट गर्नुहोस्।



.png)


Comments
Post a Comment