श्वास-प्रश्वास र HO_Oxygen
जब
श्वास-प्रश्वासमा समस्याहरू हुने गर्छ, त्यतिबेला कैयन प्रकारका Health Devices/Products –ले सहयोगी भूमिका खेल्ने गर्दछन्।
यस प्रकारका समस्या के कारणले हुने गर्छ; त्यही आधारमा कुन-कुन Devices/Products बढी उपयोगी रहने हो भन्ने
निर्क्यौल हुने गर्दछ। यहाँ केही प्रमुख Devices/Products –को लिस्टका साथै विवरणहरू उल्लेख
गरिएको छ।
यहाँ, Blog –लाई छिटो/सजिलोसंग पढ्न सकियोस् र पढिएका
विषयवस्तु सजिलै बुझ्न सकियोस् भनी सक्दो प्रयाश गरिएको छ। Item/Item -को छुट्टा-छुट्टै
विवरण पढ्न/बुझ्न, लिस्टमा आधारित
क्रम संख्याका आधारमा मिल्ने गरी, Items –को विवरण बनाईएको छ। ‘English
Alphabetical Order’
(Sort by A to
Z) मा
लिस्ट/विवरणलाई पढ्न सक्नुहुनेछ।
आउनुहोस्, विषयमा प्रवेश गरौँ :
1.
Nebulizer
·
जानकारी: Nebulizer
प्रायः जसो घरमा प्रयोग भई आएको Device हो। खासगरी Asthma र COPD जस्तो बिरामीहरूको लागि प्रयोगमा आउने गर्दछ। यस
मेशिनद्वारा Liquid औषधिलाई धुवाँ बनाउने गरिन्छ। जुन धुँवा मार्फत,
मास्क वा Mouth-Piece –को प्रयोग गरी श्वासको माध्यमले आवश्यक औषधि
फोक्सोसम्म पुर्याउने गरिन्छ।
·
उपयोग: दम, COPD
वा
अन्य श्वासप्रश्वास सम्बन्धी समस्या भएका बिरामीहरूलाई औषधि दिने कामका लागि यसको
उपयोग हुन्छ।
·
प्रयोग: औषधिलाई Nebulizer-Mask
–मा
रहेको कपमा राखेर मेसिनलाई ‘ON’ गर्नुस्, बिरामीलाई मास्क वा Mouth-Piece
-बाट
श्वासप्रश्वास गर्न लगाउनु होस्।
·
ध्यान दिनु पर्ने:
ü प्रत्येक पटक प्रयोग
गरी सकेपछि Device र Mask राम्ररी सफा गर्नुस्।
ü स्वास्थ्यकर्मीको निर्देशन
अनुसार औषधि प्रयोग गर्नुहोला।
ü फिल्टर नियमित रूपमा
जाँच गर्नुस्, र बदल्ने गर्नुस्।
2.
Nebulizer
Mask
·
जानकारी: Nebulizer
-बाट
आउने औषधिलाई श्वासप्रश्वासको माध्यमबाट फोक्सोमा पुर्याउनका लागि प्रयोग
गरिने मास्क हो।
·
उपयोग: Nebulizer
-को
प्रयोग गर्दा बिरामीलाई सजिलोसँग औषधि फोक्सोसम्म पुर्याउनका लागि यसको उपयोग
गरिन्छ।
·
प्रयोग: मास्क, बिरामीको मुख र नाक
छोप्ने गरी अनुहारमा लगाउनु होस्।
·
ध्यान दिनु पर्ने:
ü बिरामीको आवश्यकता
अनुसार, सही साईजको मास्क प्रयोग गर्नुस्।
ü मास्कलाई सफा र
सुख्खा ठाउँमा राख्नुस्।
ü प्रत्येक पटक
प्रयोगपछि सफा गरी राख्नुस्।
3.
Oxygen Cannula
·
जानकारी: यो नाकमा राखिने मसिनो Tube हो, जसबाट बिरामीलाई Low-Flow
-मा
अक्सिजन दिइन्छ।
·
उपयोग: श्वासप्रश्वासमा सामान्य समस्या
भएका बिरामीहरूलाई पूरक अक्सिजन प्रदान गर्न यसको उपयोग गरिन्छ।
·
प्रयोग: यसको प्रयोग गर्दा, Cannula
–को
मुखपट्टीको भागमा छुट्याईएको दुई नलीलाई नाकको प्वालमा राखी कानमाथिबाट लगेर Cannula
-लाई
सुरक्षित गरी लगाउनु पर्दछ।
·
ध्यान दिनु पर्ने:
ü अक्सिजनको Flow-Rate डाक्टरको सल्लाह
बमोजिम मात्र प्रयोगमा ल्याउनु होस्।
4.
Oxygen Concentrator
·
जानकारी: यो Device
-ले हावाबाट अक्सिजन छुट्याएर बिरामीलाई
शुद्ध अक्सिजन प्रदान गर्ने काम गर्दछ। शरीरमा अक्सिजनको मात्रा कमी हुने बिरामीको
लागि यो Device धेरै नै सहयोगी छ।
·
उपयोग:यसलाई घरमा वा क्लिनिकमा अक्सिजन
थेरापीको आवश्यकता पर्ने बिरामीहरूका लागि उपयोगमा ल्याईन्छ।
·
प्रयोग: मेशिन ON
गरेपछि
Flow-Rate मिलाएर Mask/Cannula
लगाउनु
होस्।
·
ध्यान दिनु पर्ने:
ü प्रयोगका दौरान नियमित
फिल्टर सफा गर्नुस्।
ü पर्याप्त हावा
निरन्तर आदान/प्रदान भईरहने ठाउँ भएको कोठामा यो मेशिनलाई राख्नुस्।
ü यस मेशिनलाई आगोको
स्रोतबाट टाढा राख्नुहोस्।
ü स्वास्थ्यकर्मीको निर्देशन र
विशेषज्ञबाट यस मेशिनलाई चलाउन सिकेर मात्र प्रयोगमा ल्याउनु होस्।
5.
Oxygen Mask
·
जानकारी: यो बिरामीलाई Oxygen
Concentrator/Cylinder –बाट मध्यम वा उच्च Flow -मा अक्सिजन दिन प्रयोग गरिने
मास्क हो।
·
उपयोग: यसको उपयोग, Oxygen
Concentrator/Cylinder –बाट निस्किने अक्सिजन, बिरामीसम्म पुर्याउने
माध्यमका रूपमा गरिन्छ।
·
प्रयोग: मास्कको Cannula,
Oxygen Concentrator/Cylinder(Regulator) –मा जोडी, मास्कलाई बिरामीको मुख र नाक छोप्ने गरी
लगाउनु होस्।
·
ध्यान दिनु पर्ने:
ü बिरामीको आवश्यकता
अनुसार, सही साइजको मास्क प्रयोग गर्नुस्।
ü अक्सिजनको Flow-Rate डाक्टरको सल्लाह
बमोजिम मात्र प्रयोगमा ल्याउनु होस्।
ü मास्कले छालामा दबाब
नपरोस् भनेर ध्यान दिनुस्।
6.
Oxygen Regulator
·
जानकारी: यो अक्सिजन सिलिन्डरबाट अक्सिजन निकाल्न र निस्कने अक्सिजनको Flow
र Pressure नियन्त्रण गर्ने उपकरण हो।
·
उपयोग: यसको उपयोग, अक्सिजन सिलिन्डरबाट अक्सिजन निकाली, बिरामीलाई आवश्यक पर्ने अक्सिजनको सही मात्रा
दिनका लागि गरिन्छ।
·
प्रयोग: अक्सिजन सिलिन्डरमा Regulator जडान गर्न, Flow
Rate
सेट गर्न, र बिरामीसम्म अक्सिजन पुर्याउन, स्वास्थ्यकर्मी वा विज्ञसंग सिकेर मात्र
प्रयोग गर्नुस्।
·
ध्यान दिनु पर्ने:
ü अक्सिजन सिलिन्डरमा Regulator जडान गर्नुअघि
सिलिन्डर र Regulator को जडान गरिने Points सफा भए/नभएको
सुनिश्चित गर्नुस्।
ü Regulator –मा चुहावट छ/छैन
नियमित जाँच गर्नुस्।
7.
Oxygen Trolley
·
जानकारी: यो अक्सिजन सिलिन्डर बोक्न प्रयोग
गरिने पाङ्ग्रा भएको Trolley हो।
·
उपयोग: अक्सिजन सिलिन्डरलाई एक ठाउँबाट
अर्को ठाउँमा सुरक्षित रूपमा सार्नका लागि यसको उपयोग गरिन्छ।
·
प्रयोग: अक्सिजन सिलिन्डरलाई Trolley -मा सुरक्षित गरी राख्नुस् र
आवश्यक स्थानमा लिएर जानुस्।
·
ध्यान दिनु पर्ने:
ü सिलिन्डर, Trolley –मा लक
(Lock) लागे/नलागेको सुनिश्चित गर्नुस्।
ü राख्ने क्रममा Trolley स्थिर (Stable) छ/छैन जाँच गर्नुस्।
8.
Pulse Oximeter
·
जानकारी: यो एउटा सानो Device हो। जसलाई जाँचका
दौरान हातका औंलामा लगाईन्छ। यसले रगतमा हुने Oxygen
–को मात्रा र नाडीको गति मापन गर्दछ। हाम्रो शरीरमा Oxygen
–को मात्रा सही छ/छैन पत्ता लगाउन यसले मद्दत गर्दछ।
·
उपयोग: बिरामीको श्वासप्रश्वास अवस्थाको
निगरानी गर्न, विशेष गरी श्वासप्रश्वास समस्या भएका बिरामीहरूका
लागि यसको उपयोग गरिन्छ।
·
प्रयोग: हातका औंलामा क्लिप लगाए झैँ गरी केही सेकेन्ड लगाउनु
होस्।
·
ध्यान दिनु पर्ने:
ü नङपालिस लगाएको वा
चिसो औंलामा यसले गलत रिपोर्ट देखाउन सक्छ।
ü समय-समयमा, यसमा
भएको ब्याट्रीको अवस्था जाँच गर्न भने न भुल्नुहोला।
9.
Sanitizer
·
जानकारी: कोभिड पछि त यसको प्रयोग विश्वमै
बढ्यो। हामी प्रायः सबैले यसको उपयोग गरेका छौं। यसलाई हातमा हुनसक्ने किटाणु मुक्त
गर्नका लागि प्रयोगमा ल्याउने गरिन्छ। यो तरल वा जेलका रूपमा हुने गर्दछ।
·
उपयोग: हात धुन साबुन र पानी उपलब्ध
नभएको बेला हात सफा गर्न वा किटाणुबाट बचाउन यसको उपयोग गरिन्छ।
·
प्रयोग: Sanitizer
थोरै
मात्रामा हातमा लिएर हत्केला अगाडि/पछाडी राम्ररी मल्नुस।
·
ध्यान दिनु पर्ने:
ü Sanitizer आँखामा पर्नबाट
जोगाउनु होला।
ü Sanitizer ज्वलनशील पदार्थ भएकाले आगोको स्रोतबाट
टाढा राख्नुस्।
ü यसको अत्यधिक
प्रयोगले छाला सुख्खा बनाउन सक्छ।
10. Spirometer (Respiflow)
·
जानकारी: यो फोक्सोको कार्यप्रणाली मापन
गर्न प्रयोग गरिने उपकरण हो। विशेष गरी श्वास फेर्ने र बाहिर निस्किने
हावाको मात्रा मापनका लागि यसको उपयोग गरिन्छ।
·
उपयोग: यसको उपयोग, श्वासप्रश्वास
सम्बन्धी रोगहरूको निदान गर्न, उपचारको प्रभावकारिता जाँच गर्न, वा शल्यक्रियापछि फोक्सोको
क्षमता सुधार गर्नका लागि गरिन्छ।
·
प्रयोग: स्वास्थ्यकर्मीको निर्देशन
बमोजिम बिरामीले उपकरणमा Mouth-Piece –बाट श्वासप्रश्वास गर्नुपर्ने
हुन्छ।
·
ध्यान दिनु पर्ने:
ü राम्रो नतिजाका लागि
सही तरिकाले प्रयोग गर्न तालिम आवश्यक हुन्छ।
ü Mouth-Piece प्रत्येक पटकको
प्रयोगपछि निर्मलीकरण/(Sterilized) गर्ने।
11. Vaporizer (Steam Inhaler)
·
जानकारी: यो Device
–ले पानीलाई तताएर बाफ बनाउने काम गर्छ।
·
उपयोग: यसलाई नाक बन्द हुँदा, खोकी कम गर्न, फोक्सोको
कफ निकाल्न र छालालाई नरम बनाउन आदिका लागि उपयोग गर्ने गरिन्छ।
·
प्रयोग: Vaporizer-मा आवश्यक मात्रामा पानी भरेर तताउनुस र बाफ लिनुस्।
·
ध्यान दिनु पर्ने:
ü तातो बाफले छाला
जल्न सक्छ, त्यसका लागि आवश्यक सावधानी अपनाउनु होस्।
ü बच्चाहरूबाट टाढा राख्नु
होस्।
ü प्रयोगपछि सफा गरी राख्नुस्।
"भन्नै पर्ने कुरा : कुनै पनि Health Devices/Products प्रयोग गर्नु अघि डाक्टरको सल्लाह लिनुहोला। तपाईंको स्वास्थ्य स्थिति के-कस्तो छ; डाक्टरलाई थाहा हुने भएकाले सोही अनुरूपको सही उपयोगका लागि Device/Products र उचित प्रयोगका लागि मात्रा आदिको बारेमा सल्लाह पाउनुहुनेछ।"
यहाँसम्म पढ्दै आउनु भएकोमा, यहाँलाई धेरै-धेरै
धन्यवाद! Products सम्बन्धित जानकारीले हामीमा दुविधा रहदैन। Products छनौटका समयमा
निर्णय लिन सजिलो पर्ने गर्दछ। त्यसमा पनि हाम्रै घर वरिपरि उपयोग/प्रयोगमा आउने Health
Related Devices/Products –का बारेमा जानकारी लिदाँ भने भविष्यमा
यसले धेरै सहयोग पुर्याउने गर्दछ। यीनै विषयवस्तु समेटेर हामी पनि Campaign चलाईरहेका छौं।
यदि तपाईं ‘HO_MED’ –मा नगई सीधै यस Link-मा आउनुभएको भने हाम्रो ‘Health
Related Campaign’
–का
बारेमा पढ्न/बुझ्न र यसको महत्व थाहापाई राख्न यहाँ Click गर्नु होस्।
हामीलाई थाहा छ, Health Products –को छनौट गर्न कत्तिको
महत्वपूर्ण छ। त्यसैले यहाँ हामीले विभिन्न Category बनाई सरल
रूपमा प्रस्तुत गरेका छौं। यदि तपाईं पनि यस्तै प्रकारका Health
Related Products –को बारेमा थप अरु जानकारी लिन चाहनुहुन्छ, या तपाईं आवश्यकताको
हिसाबले सल्लाह लिन चाहनुहुन्छ भने हाम्रो HO_MED
टीम
यहाँको सेवाको लागि हरपल तयार छ।
संग-संगै तपाईं स्वास्थ्य क्षेत्रसंग सम्बन्धित
थप Equipment
र
Products
(Quantity with Quality) -का बारेमा जानकारी लिन वा ठुलो परिमाणमा काम
गर्न ईच्छुक हुनुहुन्छ भने तल दिएको विवरण अनुरुप सम्पर्क गर्न सक्नु हुनेछ।
"के तपाईं पनि आफ्नो घरको लागि ‘Oxygen Related Products’ खोजिरहनु भएको त छैन?"
सही सामान, सुरक्षित Packaging-का साथ Health Related
Products लिने विचार गर्नु भएको छ भने...
सम्पर्कका लागि :
काठमाडौँ (चक्रपथदेखि बाहिर दुई कि.मि. सम्म) –का लागि:
·
Free Delivery & Installation
–को सुविधा लिनुस्।
·
प्रयोग, उपयोग र अपनाउनु पर्ने
सावधानीका बारेमा प्रत्यक्ष जानकारी पाउनुहोस्।
·
Return/Refund
बिना हिचकिचाहट गर्नुहोस्।
.png)


.png)


Comments
Post a Comment