बालबालिकाका लागि : HO_Childcare

 


हाम्रो घरमा बच्चाको रेखदेखका क्रममा Health Products प्रयोगमा आईरहेको हुन्छ यस Post –मा पनि बालबालिका संग सम्बन्धित बाहिरी प्रयोजनका स्वास्थ्य सामाग्रीको लिस्ट र विवरण रहेको छ। आउनुहोस् सीधै विषयमा प्रवेश गरौँ...

यहाँ, Blog –लाई छिटो/सजिलोसंग पढ्न सकियोस् र पढिएका विषयवस्तु सजिलै बुझ्न सकियोस् भनी सक्दो प्रयाश गरिएको छItem/Item  -को छुट्टा-छुट्टै विवरण पढ्न/बुझ्न, लिस्टमा आधारित क्रम संख्याका आधारमा मिल्ने गरी, Items –को विवरण बनाईएको छ। English Alphabetical Order (Sort by A to Z) –मा लिस्ट/विवरणलाई पढ्न सक्नुहुनेछ।



 

1.     Breast Pump

·         जानकारी:यो एक, स्तनपान गराउने आमाहरूले स्तनबाट दूध निकाल्न प्रयोग गर्ने उपकरण हो।

·         उपयोग: बच्चाले स्तनपान गर्न नसकेको खण्डमा, काममा जाँदा दूध संग्रह गर्न यसको उपयोग हुने गर्दछ।

·         प्रयोग: स्वास्थ्यकर्मीको निर्देशन अनुसार स्तनमा राखेर पम्प गरी दूध सङ्कलन गर्ने।

·         ध्यान दिनु पर्ने:

ü  प्रत्येक पटक प्रयोग गरी सकेपछि राम्ररी सफा र Sterilize गर्ने।

 

2.     Cotton

·         जानकारी: Cotton –को सरल अर्थ कपास हो। र यो कपासको Ball/Roll –लाई प्रतिनिधित्व गर्दछ।

·         उपयोग: रगत वा तरल पदार्थ सोस्न, घाउ सफा गर्न, औषधि लगाउन, आदि कामका लागि यसको उपयोग हुने गर्दछ।

·         प्रयोग: यसलाई आवश्यकता अनुसार सिधै प्रयोग गर्न सकिन्छ।

·         ध्यान दिनु पर्ने:

ü  सघन उपचार र खुल्ला घाउका लागि Sterilized Cotton मात्र प्रयोग गर्ने।

 

3.     Diaper Child

·         जानकारी: यो बच्चाहरूका लागि डिजाइन गरिएको Disposable Diaper हो।

·         उपयोग: शिशु वा साना बच्चाहरूको दिसा/पिसाब नियन्त्रण गर्नका लागि यसलाई उपयोगमा ल्याईन्छ।

·         प्रयोग: सामान्य Underwear लगाए झैं लगाउने।

·         ध्यान दिनु पर्ने:

ü  छालामा Rashes आउन नदिन ध्यान दिनुस्।

ü  प्रयोग गरी सकेपछि उचित तरिकाले यसको व्यवस्थापन गर्नुस्।

 

4.      Dettol

·         जानकारी: एक प्रसिद्ध किटाणुनाशक (Disinfectant) तरल पदार्थ हो।

·         उपयोग: यसलाई घाउ सफा गर्न र  छालालाई किटाणुबाट बचाउन/हटाउन उपयोगमा ल्याईन्छ।

·         प्रयोग: सीधै वा पानीमा मिसाएर यसको प्रयोग गर्न सकिन्छ।

·         ध्यान दिनु पर्ने:

ü  प्रयोग अघि स्वास्थ्यकर्मी संग अवस्य सल्लाह लिनू

ü  यसको गाढा घोल सीधै खुल्ला घाउमा प्रयोग गर्नु हुदैन, जलन हुन सक्छ।

ü  यसलाई, बालबालिकाको पहुँचबाट साथै आँखा र मुखबाट टाढा राख्ने।

 

5.     Feeding Bottle

·         जानकारी: यो बालबालिकालाई दूध वा अन्य तरल खाद्यपदार्थ खुवाउन प्रयोग गरिने Bottle हो।

·         उपयोग: शिशु वा बालबालिकालाई पूरक आहार खुवाउनका लागि यसको प्रयोग गरिन्छ।

·         प्रयोग: दूध वा तरल खाद्यपदार्थ भरेर खुवाउने।

·         ध्यान दिनु पर्ने:

ü  प्रत्येक पटक प्रयोग गरी सकेपछि राम्ररी सफा गर्ने।

ü  बिरामी बच्चाको लागि भने अनिवार्य स्वास्थ्य मापदण्ड पालना गर्ने।

 

6.     Gloves (Examinations)

·         जानकारी: सामान्य कामहरूका लागि प्रयोग गरिने Disposable Gloves हो।

·         उपयोग: सामान्य रूपमा फोहोर/संक्रमणबाट बचाउन यसको उपयोग हुने गर्दछ।

·         प्रयोग: यसलाई हातमा लगाउने।

·         ध्यान दिनु पर्ने:

ü  प्रयोग गरी सकेपछि उचित तरिकाले फाल्ने र हात धुने गर्नुपर्दछ

 

7.     Handiplast

·         जानकारी: यो त हामीले सानातिना घाउ वा चोटपटकमा प्रयोग गर्दै आएको Bandage हो।

·         उपयोग: साना घाउ/चोटपटकहरूलाई धुलो, किटाणु र पानीबाट बचाउन यसको उपयोग हुने गर्छ। (एउटा गोप्य कुरा - 'हामी भने लुगामा स-सानो प्वाल भेट्यो भने त्यसमा पनि Handiplast टाँसिदिन्छौं।')

·         प्रयोग: सानो घाउ वा चोटपटकमा Bandage –को पछाडिको भाग निकाली लगाउने।

·         ध्यान दिनु पर्ने:

ü  Bandage सकेसम्म Daily Change गर्नु होला।

 

8.       Hot Bag (Electrical)

·         जानकारी: यो पनि ‘Hot Water Bag’ जस्तै काम गर्ने Bag हो। यद्यपि यसमा पानी निकाल्ने/राख्ने गर्नु पर्दैन। साथै यसलाई तातो बनाउन पनि सजिलो छ। यो Electricity बाट सजिलै तातो हुने गर्दछ।

·         उपयोग: चिसोबाट बचाउन, जोर्नीको कडापन कम गर्न र शारीरिक मांसपेशीको दुखाइ कम गर्न यसलाई उपयोगमा ल्याईन्छ।

·         प्रयोग: ‘Hot Bag’ संगै रहेको ‘Power Adapter’ –को एक भाग Bag –मा र अर्को Board –मा लगाई ‘Switch ON’ गरेर तातो भएपछि प्रभावित क्षेत्रमा राख्ने।

·         ध्यान दिनु पर्ने:

ü  यसको प्रयोग गर्दा कपडाले बेरेर मात्रै प्रयोगमा ल्याउने, सीधै छालामा राख्दा जल्न सक्छ।

ü  Bag –मा कतै चुहावट त छैन? ‘Power Adapter’ –को तारको अवस्था जाँच गरेर मात्रै प्रयोगमा ल्याउनू।

ü  सुत्दा वा बेहोस अवस्थामा प्रयोग नगर्नू

 

9.     House Gloves

·         जानकारी: यो सरसफाई र अन्य सामान्य काममा प्रयोग गरिने रबरको Gloves हो।

·         उपयोग: यसलाई रसायन, पानी वा फोहोरबाट जोगिनका लागि उपयोगमा ल्याईन्छ।

·         प्रयोग: सरसफाई वा अन्य काम गर्दा हातमा लगाउने।

·         ध्यान दिनु पर्ने:

ü  यस्तो खालको Gloves मेडिकल प्रयोजनका लागि प्रयोग नगर्नुहोला

ü  पुनः प्रयोगका लागि राम्ररी धोएर सुकाएर राख्ने।

 

10.                         Mask (3-Ply/Adult)

·         जानकारी: विगत 4/5 वर्ष यता हामीले Mask धेरै लगायौं। तिनीहरु मध्य Medical Face Mask पनि लगायौं। त्यही Three Layer को Disposable Face Mask हो, यो।

·         उपयोग: श्वासप्रश्वास सम्बन्धी संक्रमणको रोकथामका लागि यसको उपयोग हुदै आएको छ।

·         प्रयोग: Mask –लाई ठीक बीचबाट Fold गर्ने, Fold गरे पट्टीको Hard भागलाई दबाउने, Hard भाग नाकको डाँडीमा पारी मुख छोप्ने गरी Mask लगाउने।

·         ध्यान दिनु पर्ने:

ü  Mask भिजेको वा फोहोर भएमा बदल्ने।

ü  Mask -को बाहिरी भागलाई हातले नछुने।

 

11.   Mask (3-Ply/Kids)

·         जानकारी: बालबालिकाका लागि मिल्ने गरी Design गरिएको Three Layer को Disposable Face Mask हो यो।

·         उपयोग: बालबालिकालाई श्वासप्रश्वास सम्बन्धी संक्रमणको रोकथामको लागि यसको उपयोग गरिन्छ।

·         प्रयोग: Mask –लाई ठीक बीचबाट Fold गर्ने, Ear-Loop –लाई थोरै तन्क्याईदिने, Fold गरे पट्टीको Hard भागलाई दबाउने, Hard भाग नाकको डाँडीमा पारी मुख छोप्ने गरी Mask लगाई दिने।

·         ध्यान दिनु पर्ने:

ü  Ear-Loop –ले बढी दबाब दिए/नदिएको वा बच्चालाई अप्ठेरो महसुस भए/नभएको सुनिश्चित गर्ने।

ü  Mask भिजेको वा फोहोर भएमा बदल्ने।

ü  Mask -को बाहिरी भागलाई हातले नछुने।

 

12.                         Sanitizer

·         जानकारी: कोभिड पछि त यसको प्रयोग विश्वमै बढ्यो। हामी सबैले यसको उपयोग गरेका छौं। यसलाई हातमा हुनसक्ने किटाणु मुक्त गर्नका लागि प्रयोगमा ल्याउने गरिन्छ। यो तरल वा जेलका रूपमा हुने गर्दछ।

·         उपयोग: हात धुन साबुन र पानी उपलब्ध नभएको बेला हात सफा गर्न वा किटाणुबाट बचाउन यसको उपयोग गरिन्छ।

·         प्रयोग: Sanitizer थोरै मात्रामा हातमा लिएर हत्केला अगाडि/पछाडी राम्ररी मल्नुस।

·         ध्यान दिनु पर्ने:

ü  Sanitizer आँखामा पर्नबाट जोगाउनु होला।

ü  Sanitizer ज्वलनशील पदार्थ भएकाले आगोको स्रोतबाट टाढा राख्नुस्।

ü  यसको अत्यधिक प्रयोगले छाला सुख्खा बनाउन सक्छ।

 

13.                         Thermometer (Digital)

·         जानकारी: यो शरीरको Temperature/Fever नाप्न प्रयोग गरिने Digital Device हो।

·         उपयोग: Temperature/Fever नाप्न यसलाई उपयोगमा ल्याईन्छ।

·         प्रयोग: मुखमा, पाखुरा मुनि (Armpit) राखेर चेक/जाँच गर्ने।

·         ध्यान दिनु पर्ने:

ü  सही र सटीक नतिजाका लागि Alarm पछि मात्र Read गर्ने।

 

14.   Thermometer (Non-Contact/IR)

·         जानकारी: यो Infra-Red  प्रविधि बनेको Thermometer हो। यसले शरीरलाई नछोइकन Temperature/Fever नाप्न मद्दत गर्दछ।

·         उपयोग: Temperature/Fever, छिटो नाप्नका लागि, संक्रमणको जोखिम भएको स्थानका लागि यसको उपयोग आउने गर्छ।

·         प्रयोग: Thermometer –लाई निधार वा कानको छेउमा राखेर Switch दबाउने।

·         ध्यान दिनु पर्ने:

ü  यसको प्रयोग गर्दा सही दुरीबाट नाप लिने गर्नु पर्दछ

 

15.                        Tissue Paper

·         जानकारी: यो Paper –ले बनेको नरम Disposable रूमाल हो।

·         उपयोग: रूमालको विकल्पको रूपमा सामान्य सरसफाइ, नाक/हात पुछ्न, आदि कामका लागि यसलाई उपयोगमा ल्याईन्छ।

·         प्रयोग: आवश्यकता अनुसार प्रयोग गर्ने।

·         ध्यान दिनु पर्ने:

ü  प्रयोग गरी सकेपछि सही तरिकाले फाल्ने।

 

16.  Wipes

·         जानकारी: यो एक Disposable भिजेको कपास/कपडाका टुक्राहरूका रूपमा हुन्छ। यसलाई सरसफाईका लागि प्रयोगमा ल्याईन्छ।

·         उपयोग: व्यक्ति/बिरामीको सरसफाईका लागि वा अन्य सरसफाईका लागि यसलाई उपयोगमा ल्याईन्छ।

·         प्रयोग: आवश्यकता अनुसार सीधै प्रयोग गर्न सकिन्छ।

·         ध्यान दिनु पर्ने:

ü  बच्चाहरूको छाला संवेदनशील हुनाले Baby-Wipes प्रयोग गर्नु होला।

 



"भन्नै पर्ने कुरा : कुनै पनि Health Devices/Products प्रयोग गर्नु अघि डाक्टरको सल्लाह लिनुहोला। तपाईंको स्वास्थ्य स्थिति के-कस्तो छ; डाक्टरलाई थाहा हुने भएकाले सोही अनुरूपको सही उपयोगका लागि Device/Products  र उचित प्रयोगका लागि मात्रा आदिको बारेमा सल्लाह पाउनुहुनेछ।"

यहाँसम्म पढ्दै आउनु भएकोमा, यहाँलाई धेरै-धेरै धन्यवाद! Products सम्बन्धित जानकारीले हामीमा दुविधा रहदैन। Products छनौटका समयमा निर्णय लिन सजिलो पर्ने गर्दछ। त्यसमा पनि हाम्रै घर वरिपरि उपयोग/प्रयोगमा आउने Health Related Devices/Products का बारेमा जानकारी लिदाँ भने भविष्यमा यसले धेरै सहयोग पुर्याउने गर्दछ। यीनै विषयवस्तु समेटेर हामी पनि Campaign चलाईरहेका छौं। यदि तपाईं HO_MED –मा नगई सीधै यस Link-मा आउनुभएको भने हाम्रो Health Related Campaign’ –का बारेमा पढ्न/बुझ्न र यसको महत्व थाहापाई राख्न यहाँ Click गर्नु होस्।



हामीलाई थाहा छ, Health Products छनौट गर्न कत्तिको महत्वपूर्ण विषय हुने गर्दछ। त्यसैले पनि  यहाँ हामीले विभिन्न Category बनाई सरल रूपमा प्रस्तुत गरेका छौं। यदि तपाईं पनि यस्तै प्रकारका Health Related Products –को बारेमा थप अरु जानकारी लिन चाहनुहुन्छ, या तपाईं आवश्यकताको हिसाबले सल्लाह लिन चाहनुहुन्छ भने हाम्रो HO_MED टीम यहाँको सेवाको लागि हरपल तयार छ।

संग-संगै तपाईं स्वास्थ्य क्षेत्रसंग सम्बन्धित थप Equipment Products (Quantity with Quality) -का बारेमा जानकारी लिन वा ठुलो परिमाणमा काम गर्न ईच्छुक हुनुहुन्छ भने तल दिएको विवरण अनुरुप सम्पर्क गर्न सक्नु हुनेछ।

"के तपाईं पनि आफ्नो घरको लागि 'Childcare Product' खोजिरहनु भएको त छैन?"

सही सामान, सुरक्षित Packaging-का साथ Health  Related  Products लिने विचार गर्नु भएको छ भने...

सम्पर्कका लागि:



काठमाडौँ (चक्रपथदेखि बाहिर दुई कि.मि. सम्म) –का लागि:

·         Free Delivery & Installation –को सुविधा लिनुस्।

·         प्रयोग, उपयोग र अपनाउनु पर्ने सावधानीका बारेमा प्रत्यक्ष जानकारी पाउनुहोस्।

·         Return/Refund बिना हिचकिचाहट गर्नुहोस्।

 


 

 

Comments

  1. Useful information, especially for first-time parents. Thanks for sharing.

    ReplyDelete

Post a Comment

Popular posts from this blog

HO_MED : पारिवारिक स्वास्थ्यको आधारशिला स्वरूप

घरमा प्रभावकारी स्वास्थ्य सेवा: HO_Easycare