On the Path of Service : HO_Student

 


यस Post –लाई पढ्नु हुने अधिकतम पाठकवर्ग स्वास्थ्य क्षेत्रसंग सम्बन्धित हुनुहुन्छ। हामीलाई ठुलो आशा पनि यही Post मार्फत छ। यहाँहरूको सुझाव/सल्लाहले हामीलाई थप हौसला बढ्नेछ। हाम्रो यस Campaign –मा रहेका गल्ती/त्रुटीका बारेमा alignhealthineer@gmail.com –मा सुझाव/सल्लाह दिन सक्नुहुनेछ।

यो स्वास्थ्य क्षेत्रमा अध्ययनरत विभिन्न तह/तप्काका विद्यार्थीलाई समेटी तयार पारिएको Products  हो। विद्यार्थीको हितमा उपयोगमा आउने वा प्रयोगमा आउने List तयार पारी उपयोगी विवरण पनि राखिएको छ। आउनुहोस्, विषय प्रवेश गरौँ...

यहाँ, Blog –लाई छिटो/सजिलोसंग पढ्न सकियोस् र पढिएका विषयवस्तु सजिलै बुझ्न सकियोस् भनी सक्दो प्रयाश गरिएको छItem/Item  -को छुट्टा-छुट्टै विवरण पढ्न/बुझ्न, लिस्टमा आधारित क्रम संख्याका आधारमा मिल्ने गरी, Items –को विवरण बनाईएको छ। English Alphabetical Order (Sort by A to Z) –मा लिस्ट/विवरणलाई पढ्न सक्नुहुनेछ।

 


1.     Apron White (Cloth)

·         जानकारी: यो  स्वास्थ्यकर्मीहरूले लगाउने सेतो कपडाको Coat/Apron हो।

·         उपयोग: सर्वप्रथमतः स्वास्थ्यकर्मीको पहिचानका लागि र साथ-साथै सुरक्षा तथा सरसफाई कायम राख्नका लागि यसलाई उपयोगमा ल्याउने गरिन्छ।

·         प्रयोग: अस्पताल, क्लिनिकमा वा अन्य प्रयोगशालामा काम गर्दा प्रयोग गर्ने।

·         ध्यान दिनु पर्ने:

ü  यसको विकल्पमा, संक्रमणको जोखिम बढी भएको ठाउँमा Surgical Gown  वा अन्य PPE प्रयोग गर्नुपर्दछ

 

2.     BP Cuff (Aneroid Sphygmomanometer)

·         जानकारी: यो Blood Pressure नाप्न प्रयोग गरिने उपकरणको एक भाग हो। जुन पाखुरामा बेरिन्छ।

·         उपयोग: Blood Pressure मापनको लागि उपयोगमा ल्याईन्छ।

·         प्रयोग: पाखुरामा उचित तरिकाले कफ बेरेर SphygmomanometerStethoscope -को सहायताले Blood Pressure नापिन्छ।

·         ध्यान दिनु पर्ने:

ü  बिरामीको पाखुराको आकार अनुसार सही कफको साइज प्रयोग गर्नु पर्छ।

ü  कफलाई धेरै कसिलो वा खुकुलो हुने गरी नबाँध्नु होस्।

ü  नियमित रूपमा समयको तालिका बनाई जाँच गर्नुस्।

 

3.     Dissecting Box

·         जानकारी: यो Biology Medical अध्ययनका क्रममा प्रयोगमा आउने विभिन्न Dissection उपकरणहरूको सेट भएको Box हो।

·         उपयोग: शारीरिक संरचनाहरूको अध्ययन गर्न वा नमूनाहरूको Dissection गर्न यसको उपयोग गरिन्छ।

·         प्रयोग: शैक्षिक वा अनुसन्धान उद्देश्यका लागि यसको प्रयोग गरिन्छ।

·         ध्यान दिनु पर्ने:

ü  यसमा तीखा उपकरणहरू हुनाले प्रयोग गर्दा सावधानी अपनाउनु पर्छ।

 

4.     Gloves (Examinations)

·         जानकारी: सामान्य कामहरूका लागि प्रयोग गरिने Disposable Gloves हो।

·         उपयोग: सामान्य रूपमा फोहोर/संक्रमणबाट बचाउन यसको उपयोग हुने गर्दछ।

·         प्रयोग: यसलाई हातमा लगाउने।

·         ध्यान दिनु पर्ने:

ü  प्रयोग गरी सकेपछि उचित तरिकाले फाल्ने र हात धुने गर्नुपर्दछ

 

5.       Gloves (Sterile)

·         जानकारी: विशेष गरी किटाणुमुक्त (Sterilize) गरिएको Gloves, जुन Surgical प्रक्रियाहरूमा प्रयोग गरिन्छ।

·         उपयोग: विशेषतः स्वास्थ्यका सघन कार्य/उपचार हेतु यसलाई उपयोगमा ल्याईन्छ।

·         प्रयोग: हातलाई सफा/सुक्खा बनाई सुरक्षा  अपनाएर यसलाई हातमा लगाउने/निकाल्ने।

·         ध्यान दिनु पर्ने:

ü  Gloves –को प्याकेट बिग्रिए/नबिग्रिएको र Expiry Date रहे/नरहेको सुनिश्चित गर्नुस्।

ü  प्रयोग गरी सकेपछि उचित तरिकाले फाल्ने।

 

6.     Goniometer (Google-मा प्राप्त जानकारीका आधारमा)

·         जानकारी: यो जोर्नीको चालको दायरा (Range of Motion - ROM) मापन गर्न प्रयोग गरिने उपकरण हो।

·         उपयोग: फिजियोथेरापीमा, बिरामीको जोर्नीको लचकता र गतिशीलताको मूल्यांकन गर्न यसको उपयोग हुने गर्छ।

·         प्रयोग: जोर्नीको छेउमा राखेर घुमाएर मापन गर्ने।

·         ध्यान दिनु पर्ने:

ü  सही र सटीक मापनको लागि भने तालिम प्राप्त व्यक्तिले मात्र यसको प्रयोग गर्न सक्नुहुन्छ।

 

7.      Handiplast

·         जानकारी: यो त हामीले सानातिना घाउ वा चोटपटकमा प्रयोग गर्दै आएको Bandage हो।

·         उपयोग: साना घाउ/चोटपटकहरूलाई धुलो, किटाणु र पानीबाट बचाउन यसको उपयोग हुने गर्छ। (एउटा गोप्य कुरा - ‘हामी भने लुगामा स-सानो प्वाल भेट्यो भने त्यसमा पनि Handiplast टाँसिदिन्छौं।‘)

·         प्रयोग: सानो घाउ वा चोटपटकमा Bandage –को पछाडिको भाग निकाली लगाउने।

·         ध्यान दिनु पर्ने:

ü  Bandage सकेसम्म Daily Change गर्नु होला।

 

8.      Hot Bag (Electrical)

·         जानकारी: यो पनि ‘Hot Water Bag’ जस्तै काम गर्ने Bag हो। यद्यपि यसमा पानी निकाल्ने/राख्ने गर्नु पर्दैन। साथै यसलाई तातो बनाउन पनि सजिलो छ। यो Electricity बाट सजिलै तातो हुने गर्दछ।

·         उपयोग: चिसोबाट बचाउन, जोर्नीको कडापन कम गर्न र शारीरिक मांसपेशीको दुखाइ कम गर्न यसलाई उपयोगमा ल्याईन्छ।

·         प्रयोग: ‘Hot Bag’ संगै रहेको ‘Power Adapter’ –को एक भाग Bag –मा र अर्को Board –मा लगाई ‘Switch ON’ गरेर तातो भएपछि प्रभावित क्षेत्रमा राख्ने।

·         ध्यान दिनु पर्ने:

ü  यसको प्रयोग गर्दा कपडाले बेरेर मात्रै प्रयोगमा ल्याउने, सीधै छालामा राख्दा जल्न सक्छ।

ü  Bag –मा कतै चुहावट त छैन? ‘Power Adapter’ –को तारको अवस्था जाँच गरेर मात्रै प्रयोगमा ल्याउनू।

ü  सुत्दा वा बेहोस अवस्थामा प्रयोग नगर्नू

 

9.     Knee Hammer (Plastic)

·         जानकारी: पैसा (Coin) –को जस्तो आकार भएको Metal –को परिधिमा रबरको पांग्राले छोपी बनेको गोलोलाई शिर बनाई Plastic -को छडीले अड्याएको हुन्छ यो एक सानो Hammer हो

·         उपयोग: घुँडाको झड्का (Knee Jerk Reflex), आदि निदानका लागि यसको प्रयोग हुन्छ।

·         प्रयोग: सही निदान वा उपचारार्थ, यस किसिमको प्रयोग स्वास्थ्यकर्मीले मात्र गर्नुहुन्छ।

·         ध्यान दिनु पर्ने:

ü  पूर्णतः स्वास्थ्यकर्मी संग सम्बन्धित

 

10.                         Littman Stethoscope

·         जानकारी: यो High Quality –को, ’Littman’ Brand –को Acoustic Stethoscope हो। जुन मुटु, फोक्सो र आन्द्राको आवाज सुन्न प्रयोग गरिन्छ।

·         उपयोग: व्यक्ति/बिरामीको मुटु, फोक्सो र अन्य शारीरिक रोगको निदानका लागि शारीरिक आवाजहरू सुन्न र मूल्यांकन गर्न यसको उपयोग हुने गर्दछ।

·         प्रयोग: व्यक्ति/बिरामीको शरीरमा Chest-Piece राखेर कानमा Ear-Piece लगाएर सुन्ने।

·         ध्यान दिनु पर्ने:

ü  Ear-Piece, Chest-PieceTube -मा कुनै क्षति भए/नभएको सुनिश्चित गर्ने।

 

11.                         Mask (3-Ply/Adult)

·         जानकारी: विगत 4/5 वर्ष यता हामीले Mask धेरै लगायौं। तिनीहरु मध्य Medical Face Mask पनि लगायौं। त्यही Three Layer को Disposable Face Mask हो, यो।

·         उपयोग: श्वासप्रश्वास सम्बन्धी संक्रमणको रोकथामका लागि यसको उपयोग हुदै आएको छ।

·         प्रयोग: Mask –लाई ठीक बीचबाट Fold गर्ने, Fold गरे पट्टीको Hard भागलाई दबाउने, Hard भाग नाकको डाँडीमा पारी मुख छोप्ने गरी Mask लगाउने।

·         ध्यान दिनु पर्ने:

ü  Mask भिजेको वा फोहोर भएमा बदल्ने।

ü  Mask -को बाहिरी भागलाई हातले नछुने।

 

12.                        Measuring Tape

·         जानकारी: यो विभिन्न नापका लागि प्रयोग गरिने ‘Tape’ हो।

·         उपयोग: विविध नापका लागि साथै स्वास्थ्य दृष्टिकोणबाट भने, व्यक्ति/बिरामीको शरीरका पाखुरा, पेट र अन्य भाग वा  घाउको आकार मापन गर्न यसको उपयोग हुने गर्दछ।

·         प्रयोग: ‘Tape’ –को एक शिराबाट मापन गर्ने

·         ध्यान दिनु पर्ने:

ü  यसमा सावधानी अपनाउनु पर्ने के होला? ‘Comment Section’ भन्नु ल!

 

13.                        OT Dress (Scrub-Dress)

·         जानकारी: यो स्वास्थ्य क्षेत्रका सघन कक्षमा काम गर्ने स्वास्थ्यकर्मीहरूले लगाउने विशेष पोशाक हो।

·         उपयोग: संक्रमण नियन्त्रण गर्न र सरसफाई कायम राख्नका लागि उपयोगमा आउने गर्छ।

·         प्रयोग: सुरक्षित वातावरणमा अन्य लुगा/कपडा लगाए झैं लगाएर मात्र अन्य कार्य गर्ने।

·         ध्यान दिनु पर्ने:

ü  प्रत्येक पटक प्रयोग गरी सकेपछि राम्ररी धुने वा  Sterilize गर्ने।

 

14.                        Paper Tape

·         जानकारी: यो पनि Adhesive Tape नै हो। यो  Paper –ले बनेको हुन्छ।

·         उपयोग: यसको उपयोग Dressing र स-सानो चीज/बीज टाँस्न/सुरक्षित गर्नका लागि गरिन्छ।

·         प्रयोग: यसलाई टाँस्नका लागि प्रयोग गर्ने

·         ध्यान दिनु पर्ने:

ü  Bandage आदि लगाउँदा धेरै कसिलो गरी नटाँस्ने।

 

15.                         Pen Torch

·         जानकारी: आकारमा Pen जस्तो देखिने यो एक सानो Torch-Light हो।

·         उपयोग: स्वास्थ्यकर्मीहरूले व्यक्ति/बिरामीको आँखा, घाँटी वा अन्य क्षेत्र जाँच गर्न यसलाई उपयोगमा ल्याउँछन्।

·         प्रयोग: Pen को फेदमा रहेको Switch लाई थिचे पछि यो ‘ON’ हुने गर्दछ।

·         ध्यान दिनु पर्ने:

ü  Battery  -को अवस्था चेक/जांच गर्ने

 

16.                        PPE Kit

·         जानकारी: (Personal Protective Equipment) व्यक्तिगत रूपमा स्वास्थ्य सुरक्षा हेतु प्रयोगमा आउने उपकरणहरूको Set हो। यसमा Gown, Gloves, Mask, Face-Shield, Shoe-Cover, etc. हुने गर्छ।

·         उपयोग: व्यक्ति/बिरामी/स्वास्थ्यकर्मीलाई संक्रामक रोगहरू (जस्तै COVID-19) बाट पूर्ण सुरक्षा प्रदान गर्न वा अनुसन्धान मूलक कार्यको लागि यसलाई उपयोगमा ल्याईन्छ।

·         प्रयोग: संक्रमण स्थल जानु अघि यसलाई व्यक्ति विशेषले आफ्नो शरीरमा लगाएर प्रयोग गर्ने गरिन्छ। Kit को प्रयोग गर्दा, लगाउने समयमा Gloves शुरुमा लगाउने र फुकाल्ने समयमा पनि Gloves अन्त्यमा खोल्ने गर्नु पर्दछ।

·         ध्यान दिनु पर्ने:

ü  विशेषज्ञ/स्वास्थ्यकर्मीको सही निर्देशन बमोजिम, आफ्नो साइजको Kit  सही तरिकाले लगाउने र फुकाल्ने प्रक्रिया पालना गर्नुपर्दछ।

ü  संक्रमण स्थल भई आईने हुनाले पनि यसको प्रत्येक पटक प्रयोगपछि सुरक्षित रूपमा व्यवस्थापन गर्नुपर्दछ।

 

17.                        Pulse Oximeter

·         जानकारी: यो एउटा सानो Device हो। जसलाई जाँचका दौरान हातका औंलामा लगाईन्छ। यसले रगतमा हुने Oxygen –को मात्रा र नाडीको गति मापन गर्दछ। हाम्रो शरीरमा Oxygen –को मात्रा सही छ/छैन पत्ता लगाउन यसले मद्दत गर्दछ।

·         उपयोग: बिरामीको श्वासप्रश्वास अवस्थाको निगरानी गर्न, विशेष गरी श्वासप्रश्वास समस्या भएका बिरामीहरूका लागि यसको उपयोग गरिन्छ।

·         प्रयोग: हातका औंलामा क्लिप लगाए झैँ गरी केही सेकेन्ड लगाउनु होस्।

·         ध्यान दिनु पर्ने:

ü  नङपालिस लगाएको वा चिसो औंलामा यसले गलत रिपोर्ट देखाउन सक्छ।

ü  समय-समयमा, यसमा भएको ब्याट्रीको अवस्था जाँच गर्न भने न भुल्नुहोला।

 

18.                        Sanitizer

·         जानकारी: कोभिड पछि त यसको प्रयोग विश्वमै बढ्यो। हामी सबैले यसको उपयोग गरेका छौं। यसलाई हातमा हुनसक्ने किटाणु मुक्त गर्नका लागि प्रयोगमा ल्याउने गरिन्छ। यो तरल वा जेलका रूपमा हुने गर्दछ।

·         उपयोग: हात धुन साबुन र पानी उपलब्ध नभएको बेला हात सफा गर्न वा किटाणुबाट बचाउन यसको उपयोग गरिन्छ।

·         प्रयोग: Sanitizer थोरै मात्रामा हातमा लिएर हत्केला अगाडि/पछाडी राम्ररी मल्नुस।

·         ध्यान दिनु पर्ने:

ü  Sanitizer आँखामा पर्नबाट जोगाउनु होला।

ü  Sanitizer ज्वलनशील पदार्थ भएकाले आगोको स्रोतबाट टाढा राख्नुस्।

ü  यसको अत्यधिक प्रयोगले छाला सुख्खा बनाउन सक्छ।

 

19.                        Stethoscope

·         जानकारी: यो एक मेडिकल उपकरण हो। विभिन्न शारीरिक चेक/जाँचका लागि प्रयोगमा आउने गर्दछ। यसलाई स्वास्थ्यकर्मीको गहनाका रूपमा पनि हेरिन्छ।

·         उपयोग: व्यक्ति/बिरामीको मुटु, फोक्सो र अन्य शारीरिक रोगको निदानका लागि शारीरिक आवाजहरू सुन्न र मूल्यांकन गर्न यसको उपयोग हुने गर्दछ।

·         प्रयोग: व्यक्ति/बिरामीको शरीरमा Chest-Piece राखेर कानमा Ear-Piece लगाई सुन्ने।

·         ध्यान दिनु पर्ने:

ü  Ear-Piece, Chest-PieceTube -मा कुनै क्षति भए/नभएको सुनिश्चित गर्ने।

 

20.                        Thermometer (Digital)

·         जानकारी: यो शरीरको Temperature/Fever नाप्न प्रयोग गरिने Digital Device हो।

·         उपयोग: Temperature/Fever नाप्न यसलाई उपयोगमा ल्याईन्छ।

·         प्रयोग: मुखमा, पाखुरा मुनि (Armpit) राखेर चेक/जाँच गर्ने।

·         ध्यान दिनु पर्ने:

ü  सही र सटीक नतिजाका लागि Alarm पछि मात्र Read गर्ने।

 

21.                        Tuning Fork

  • जानकारी: यो सुन्ने क्षमता र स्नायु जाँच  गर्न प्रयोग गरिने धातुको उपकरण हो।
  • उपयोग: बिरामीको सुन्ने क्षमताको मूल्यांकन गर्न वा Vibration  Sense जाँच गर्न यसको प्रयोग हुन्छ।
  • प्रयोग: Tunning Fork –लाई कुनै ठोस वस्तुमा प्रहर गरी कम्पन गराएर बिरामीको कान वा शरीरमा राख्ने
  • ध्यान दिनु पर्ने:

ü  सही Frequency –को लागि उचित साईजको Tunning Fork  प्रयोग गर्ने।

ü  पूर्णतः स्वास्थ्यकर्मी संग सम्बन्धित



"भन्नै पर्ने कुरा : कुनै पनि Health Devices/Products प्रयोग गर्नु अघि डाक्टरको सल्लाह लिनुहोला। तपाईंको स्वास्थ्य स्थिति के-कस्तो छ; डाक्टरलाई थाहा हुने भएकाले सोही अनुरूपको सही उपयोगका लागि Device/Products  र उचित प्रयोगका लागि मात्रा आदिको बारेमा सल्लाह पाउनुहुनेछ।"

यहाँसम्म पढ्दै आउनु भएकोमा, यहाँलाई धेरै-धेरै धन्यवाद! Products सम्बन्धित जानकारीले हामीमा दुविधा रहदैन। Products छनौटका समयमा निर्णय लिन सजिलो पर्ने गर्दछ। त्यसमा पनि हाम्रै घर वरिपरि उपयोग/प्रयोगमा आउने Health Related Devices/Products का बारेमा जानकारी लिदाँ भने भविष्यमा यसले धेरै सहयोग पुर्याउने गर्दछ। यीनै विषयवस्तु समेटेर हामी पनि Campaign चलाईरहेका छौं। यदि तपाईं HO_MED –मा नगई सीधै यस Link-मा आउनुभएको भने हाम्रो Health Related Campaign’ –का बारेमा पढ्न/बुझ्न र यसको महत्व थाहापाई राख्न यहाँ Click गर्नु होस्।



हामीलाई थाहा छ, Health Products छनौट गर्न कत्तिको महत्वपूर्ण विषय हुने गर्दछ। त्यसैले पनि  यहाँ हामीले विभिन्न Category बनाई सरल रूपमा प्रस्तुत गरेका छौं। यदि तपाईं पनि यस्तै प्रकारका Health Related Products –को बारेमा थप अरु जानकारी लिन चाहनुहुन्छ, या तपाईं आवश्यकताको हिसाबले सल्लाह लिन चाहनुहुन्छ भने हाम्रो HO_MED टीम यहाँको सेवाको लागि हरपल तयार छ।

संग-संगै तपाईं स्वास्थ्य क्षेत्रसंग सम्बन्धित थप Equipment Products (Quantity with Quality) -का बारेमा जानकारी लिन वा ठुलो परिमाणमा काम गर्न ईच्छुक हुनुहुन्छ भने तल दिएको विवरण अनुरुप सम्पर्क गर्न सक्नु हुनेछ।

"के तपाईं पनि आफ्नो घरको लागि First-Aid Kit वा  Medical Student's Health Product’ खोजिरहनु भएको त छैन?"

सही सामान, सुरक्षित Packaging-का साथ Health  Related  Products लिने विचार गर्नु भएको छ भने...

सम्पर्कका लागि :



काठमाडौँ (चक्रपथदेखि बाहिर दुई कि.मि. सम्म) –का लागि:

·         Free Delivery & Installation –को सुविधा लिनुस्।

·         प्रयोग, उपयोग र अपनाउनु पर्ने सावधानीका बारेमा प्रत्यक्ष जानकारी पाउनुहोस्।

·         Return/Refund बिना हिचकिचाहट गर्नुहोस्।

 

 


Comments

Popular posts from this blog

HO_MED : पारिवारिक स्वास्थ्यको आधारशिला स्वरूप

घरमा प्रभावकारी स्वास्थ्य सेवा: HO_Easycare

बालबालिकाका लागि : HO_Childcare