शारीरिक अशक्तताको साथ : HO_Inabilty
शारीरिक
रूपले, हाम्रो जीवनको अनुपात 4:2:3 हो। यस Post मार्फत भने, हामी 3-मा मात्र विषय केन्द्रित
रहेका छौं। 3-ले वृद्धावस्थाको मात्र होईन शारीरिक असक्तताको पनि प्रतिनिधित्व
गरेको हुन्छ।
शारीरिक
असक्तता जीवनको त्यो चरण हो जहाँ हामी विविध पक्षमा टेवा लिन चाहन्छौं। शारीरिक
पक्षका साथ-साथै आर्थिक र मानसिक पक्षमा पनि टेवा होस्/रहोस् चाहन्छौं। परिवारले
यी सबै पक्षलाई आत्मसात् पक्षपोषण पनि गरी रहनु भएको हुन्छ।
यता/उता
हिडडुल गर्न कठिनाई हुने व्यक्ति/बिरामीका लागि आवश्यक Health
Products –को लिस्ट र विवरण यस Post –मा रहेको छ। आउनुहोस्, कुन-कुन Products, के कसरी प्रयोग गर्न सकिन्छ हेरौं...
यहाँ, Blog –लाई छिटो/सजिलोसंग पढ्न सकियोस् र पढिएका
विषयवस्तु सजिलै बुझ्न सकियोस् भनी सक्दो प्रयाश गरिएको छ। Item/Item -को छुट्टा-छुट्टै
विवरण पढ्न/बुझ्न, लिस्टमा आधारित
क्रम संख्याका आधारमा मिल्ने गरी, Items –को विवरण बनाईएको छ। ‘English Alphabetical Order’ (Sort by A to Z) –मा लिस्ट/विवरणलाई पढ्न सक्नुहुनेछ।
1. Commode Chair
·
जानकारी: यो
कुर्सीको Shape –मा
Commode
भएको Portable Toilet हो।
·
उपयोग: यसले Toilet
सम्म जान नसक्ने व्यक्ति/बिरामीहरूलाई शौच गर्न मद्दत गर्दछ।
·
प्रयोग: व्यक्ति/बिरामीलाई कुर्सी माथि
बसालेर यसको प्रयोग गरिन्छ।
·
ध्यान दिनु पर्ने:
ü प्रयोगका दौरान कुर्सी
स्थिर रहे/नरहेको र Lock लागे/नलागेको अनिवार्य जाँच गर्नु पर्दछ।
ü व्यक्ति/बिरामीको गोपनीयता कायम
राख्ने।
2. Crutches
·
जानकारी: यो
खुट्टामा चोट लागेका वा हिड्न कठिनाई हुने बिरामी/व्यक्तिलाई हिड्न मद्दत गर्ने
उपकरण (बैसाखी) हो।
·
उपयोग: कठिनाईका दौरान हिड्नु पर्ने समयका लागि खुट्टामा कम दबाब पार्नका
लागि यसको उपयोग गरिन्छ।
·
प्रयोग: Crutches
–लाई
बिरामी/व्यक्तिको आवश्यक उचाईका आधारमा सही अनुपात मिलाएर, Crutches
–को,
Handle –भागमा हत्केलाले समात्न लगाई माथिको
भागलाई काखीमुनि राखी हिड्न लगाउने।
·
ध्यान दिनु पर्ने:
ü स्वास्थ्यकर्मीको निर्देशन
बमोजिम मात्र सही तरिकाले यसको प्रयोग गर्नु पर्दछ।
3. Elbow Crutches
·
जानकारी: यस
खालको लठ्ठीमा, हातलाई स्थिर राख्नका लागि कुहिनोलाई Support दिने ठाउँ रहेको हुन्छ; जसले गर्दा बोझ कम हुन गई अशक्त व्यक्ति/बिरामीलाई
हिड्न सजिलो पर्ने गर्दछ।
·
उपयोग: कठिनाईका दौरान हिड्नु पर्ने समयका लागि खुट्टामा कम दबाब पार्नका
लागि यसको उपयोग गरिन्छ। बैसाखी भन्दा यो लिएर हिड्दा कम झन्झटिलो हुने गर्दछ।
·
प्रयोग: बिरामी/व्यक्तिलाई आवश्यक उचाई आधारमा यसको सही उचाइ राखी प्रयोग
गर्ने।
·
ध्यान दिनु पर्ने:
ü स्वास्थ्यकर्मीको निर्देशन
बमोजिम मात्र सही तरिकाले यसको प्रयोग गर्नु पर्दछ।
4. Stick (Normal Cane)
·
जानकारी: यो
हिड्न प्रयोगमा आउने छडी/लठ्ठी हो।
·
उपयोग: सन्तुलनमा समस्या भएमा वा सामान्य Support
चाहिने व्यक्ति/बिरामीलाई
हिड्नका लागि यसलाई उपयोगमा ल्याईन्छ।
·
प्रयोग: Support
–का लागि यसको प्रयोग गर्ने।
·
ध्यान दिनु पर्ने:
ü छडी/लठ्ठी
सही Height –मा ल्याएर
प्रयोग गर्ने।
5. Stick (Quadpod Cane)
- जानकारी: यो त्यस्तो लठ्ठी/छडी हो
जसमा तल चार-वटा खुट्टा भएको हुन्छ। अरु सबै हिड्ने लट्ठीले भन्दा यसले बढी Stability दिन्छ, संलुतन बनाउन मद्दत
गर्दछ।
- उपयोग: सन्तुलन समस्या भएका वा सामान्य
लठ्ठी/छडीले मात्र नपुग्ने व्यक्ति/बिरामीलाई यस प्रकारको लठ्ठी/छडीको
आवश्यकता पर्दछ।
- प्रयोग: यसको प्रयोग गर्दा सामान्य
लठ्ठी/छडी भन्दा शुरूवाती दौरमा ध्यान दिई हिड्ने गर्नु पर्दछ।
- ध्यान दिनु पर्ने:
ü Stick –लाई सही Height
–मा प्रयोग
गर्ने।
ü शुरूवाती
दौरमा, व्यक्ति/बिरामी स्वयंले, हिड्दा चार-वटै खुट्टा Stable रहे/नरहेको सुनिश्चित गरी राख्नु पर्दछ।
6. Stick (Tripod Cane)
·
जानकारी: यो
त्यस्तो लठ्ठी/छडी हो जसमा तल तीन-वटा खुट्टा भएको हुन्छ। सामान्य हिड्ने लट्ठीले भन्दा
यसले बढी Stability
दिन्छ।
·
उपयोग: Normal Stick
भन्दा बढी Support
चाहिने व्यक्ति/बिरामीका लागि यस्तो
खालको लठ्ठी आवश्यक हुन्छ।
·
प्रयोग: यसको प्रयोग गर्दा सामान्य
लठ्ठी/छडी भन्दा शुरूवाती दौरमा ध्यान दिई हिड्ने गर्नु पर्दछ।
·
ध्यान दिनु पर्ने:
ü Stick
–लाई
सही Height –मा प्रयोग गर्ने।
ü शुरूवाती दौरमा, व्यक्ति/बिरामी
स्वयंले, हिड्दा तीन-वटै खुट्टा Stable रहे/नरहेको
सुनिश्चित गरी राख्नु पर्दछ।
7. Stick (White Cane)
·
जानकारी: यो
एक सेतो लठ्ठी हो। यो Foldable Type –को
हुन्छ। विशेष गरी दृष्टिविहीन व्यक्तिहरूले हिड्न र बाटो पत्ता लगाउन यसको प्रयोग गर्नुहुन्छ।
·
उपयोग: दृष्टिविहीन व्यक्तिहरूको सारथीको रूपमा।
·
प्रयोग: यो Foldable हुनाले खोलेर प्रयोगमा ल्याउने।
·
ध्यान दिनु पर्ने:
ü बाटोमा यस्तो खालका
लठ्ठी/छडी लिएर हिड्ने व्यक्तिहरुलाई प्राथमिकता दिऊँ।
8. Walker (Normal/SS)
·
जानकारी: यो
अशक्त व्यक्ति/बिरामीलाई हिड्नको लागि थप Support र
Stability
प्रदान गर्न प्रयोग गरिने फ्रेमयुक्त उपकरण हो।
·
उपयोग: यसले खुट्टामा चोट लागेका, कमजोरी भएका, सन्तुलनमा समस्या भएका वा
हिँड्न कठिनाई हुने बिरामी/व्यक्तिलाई हिड्न मद्दत गर्दछ।
·
प्रयोग: Walker –लाई खोलेपछि यसमा रहेको Lock लगाउने, व्यक्ति/बिरामीले Walker
–मा
समाई विस्तारै अगाडि धकेल्दै/हिड्दै गर्ने।
·
ध्यान दिनु पर्ने:
ü व्यक्ति/बिरामी अनुसारको Walker
–को
सही
Height Maintain गरी प्रयोग गर्ने।
ü Walker –मा Lock लागेको/नलागेको सुनिश्चित गर्ने।
9. Wheelchair (Child)
·
जानकारी: यो
बच्चाहरूका लागि डिजाईन गरिएको सानो आकारको Wheelchair
हो।
·
उपयोग: हिड्न नसक्ने वा हिड्न कठिनाई हुने बच्चाहरूलाई एक ठाउँबाट अर्को
ठाउँमा लिएर हिड्नको लागि उपयोगमा ल्याईन्छ।
·
प्रयोग: Wheelchair -मा बच्चालाई सुरक्षित रूपले
कुर्सीमा बसाले झैं गरी बसाल्ने र पछाडिबाट अभिभावकले ठेलेर चलाउनु पर्दछ।
·
ध्यान दिनु पर्ने:
ü Wheelchair प्रयोगका दौरान बस्नु अघि/पछि Wheel –मा Lock
लगाएरमात्र
प्रयोगमा ल्याउनुस।
ü सके सम्म सुरक्षा
बेल्ट लगाएर प्रयोगमा ल्याउनुस।
10.
Wheelchair (Commode Type)
·
जानकारी: यस
प्रकारको Wheelchair –मा
(शौच प्रयोजनार्थ) Commode
सिट रहेको हुन्छ।
·
उपयोग: हिड्न नसक्ने बिरामी/व्यक्तिहरूका लागि शौचालयसम्म जानुपर्ने विकल्पका
रूपमा यसलाई उपयोग ल्याईन्छ।
·
प्रयोग: शौच प्रयोजनार्थ र यातायातका
लागि, दुवै रूपमा यस प्रकारको Wheelchair प्रयोग गर्न सकिन्छ।
·
ध्यान दिनु पर्ने:
ü प्रत्येक पटक
प्रयोगपछि Commode भाग सफा र कीटाणुमुक्त गर्नुपर्दछ।
ü Wheelchair प्रयोगका दौरान बस्नु अघि/पछि Wheel –मा Lock
लगाएरमात्र
प्रयोगमा ल्याउनुस।
ü सके सम्म सुरक्षा
बेल्ट लगाएर प्रयोगमा ल्याउनुस।
11.
Wheelchair (Detachable)
·
जानकारी: यस
प्रकारको Wheelchair –को
हात टेकाउने भाग वा खुट्टा राख्ने भाग वा दुवै छुट्याई पछि राख्न मिल्ने गरी बनेको
हुने गर्दछ।
·
उपयोग: बिरामी/व्यक्तिको
कमर माथिको वा तलको भाग संवेदनशील रहेको खण्डमा, हात टेकाउने भाग वा खुट्टा राख्ने
भाग वा दुवै छुट्याई प्रयोगमा ल्याउनु पर्ने स्थितिमा यस प्रकारको Wheelchair –को उपयोग गरिन्छ।
·
प्रयोग: बिरामी/व्यक्तिको आवश्यकता
बमोजिम छुट्याउनु पर्ने भाग निकालेर बिरामी/व्यक्तिलाई बसाल्ने अनि पूनः निकालेको
भाग जोड्ने गर्नु पर्दछ। त्यसपछि भने, अन्य Wheelchair जसरी नै यसको प्रयोग गर्ने
गरिन्छ।
·
ध्यान दिनु पर्ने:
ü Wheelchair प्रयोगका दौरान बस्नु अघि/पछि Wheel –मा Lock
लगाएरमात्र
प्रयोगमा ल्याउनुस।
ü बिरामी/व्यक्ति Wheelchair –मा बसी सकेपछि, छुट्याईएका भागहरू
राम्ररी जोडिएको सुनिश्चित गर्नुस्।
ü सके सम्म सुरक्षा
बेल्ट लगाएर प्रयोगमा ल्याउनुस।
12.
Wheelchair (Electrical)
·
जानकारी: कम
से कम मेहनत लाग्ने, Joystick/Button –बाट
चलाउन र Control
गर्न सकिने, यो Battery
–बाट चल्ने Motorized Wheelchair
हो।
·
उपयोग: शारीरिक रूपमा धेरै अशक्त बिरामी/व्यक्तिहरू
जसले Normal
Wheelchair चलाउन सक्न्नुहुन्न, उहाँहरूलाई
स्वतन्त्रता प्रदान गराउन, यसको उपयोग आउने गर्दछ।
·
प्रयोग: Joystick/Button
–बाट
चलाउन र Control गर्न जाने पछि मात्र बिरामी/व्यक्तिलाई प्रयोग
गर्न दिनु पर्दछ।
·
ध्यान दिनु पर्ने:
ü यसमा लाग्ने Battery नियमित चार्ज गर्नुस्।
ü Wheelchair चलाउनुअघि ब्रेक र
टायर जाँच गर्नुस्।
ü यस प्रकारको Wheelchair प्रयोग गर्न तालिम अनिवार्य हुन्छ।
13.
Wheelchair
(Normal)
·
जानकारी: यो
यता/उता हिँडडुल गर्नका लागि प्रयोगमा आउने गुड्ने Type
–को कुर्सी हो।
·
उपयोग: हिड्न नसक्ने वा हिड्न कठिनाई हुने बिरामी/व्यक्तिलाई एक ठाउँबाट
अर्को ठाउँमा लिएर हिड्नको लागि उपयोगमा ल्याईन्छ।
·
प्रयोग: Wheelchair -मा बिरामी/व्यक्तिलाई सुरक्षित रूपले कुर्सीमा बसाले
झैं गरी बसाल्ने र आफैंले पाङ्ग्रा घुमाएर वा अरू कसैलाई
पछाडिबाट ठेल्न लगाई प्रयोगमा ल्याउनु पर्दछ।
·
ध्यान दिनु पर्ने:
ü Wheelchair प्रयोगका दौरान बस्नु अघि/पछि Wheel –मा Lock
लगाएरमात्र
प्रयोगमा ल्याउनुस।
ü सके सम्म सुरक्षा
बेल्ट लगाएर प्रयोगमा ल्याउनुस।
14.
Wheelchair (Reclining Type)
·
जानकारी: यस
प्रकारको Wheelchair,
पछाडिको भाग झुकाउन र अगाडि खुट्टापट्टीको भाग उठाउन मिल्ने खालको हुने गर्दछ।
यसरी झुकाउने र उठाउने कार्यले यसको Shape
बदलिएर Bed –को
रूपमा आउने गर्दछ।
·
उपयोग: लामो समयसम्म बस्नुपर्ने वा आरामदायी Position
चाहिने बिरामी/व्यक्तिहरुका
लागि यस किसिमको Wheelchair
उपयोगमा आउने गर्दछ।
·
प्रयोग: पछाडिको भाग आवश्यकता अनुसार
झुकाएर र अगाडि खुट्टापट्टीको भाग पनि आवश्यकता अनुसार उठाएर प्रयोग गर्नु पर्दछ।
·
ध्यान दिनु पर्ने:
ü Wheelchair प्रयोगका दौरान बस्नु अघि/पछि Wheel –मा Lock
लगाएरमात्र
प्रयोगमा ल्याउनुस।
ü सके सम्म सुरक्षा
बेल्ट लगाएर प्रयोगमा ल्याउनुस।
ü झुकाउने र उठाउने कार्यका दौरान बिरामीको टाउको र
गर्धनलाई सपोर्ट दिनुस्।
"भन्नै पर्ने कुरा : कुनै पनि Health Devices/Products प्रयोग गर्नु अघि डाक्टरको सल्लाह लिनुहोला। तपाईंको स्वास्थ्य स्थिति के-कस्तो छ; डाक्टरलाई थाहा हुने भएकाले सोही अनुरूपको सही उपयोगका लागि Device/Products र उचित प्रयोगका लागि मात्रा आदिको बारेमा सल्लाह पाउनुहुनेछ।"
यहाँसम्म पढ्दै आउनु भएकोमा, यहाँलाई धेरै-धेरै धन्यवाद! Products सम्बन्धित जानकारीले हामीमा दुविधा रहदैन।
Products छनौटका समयमा निर्णय लिन सजिलो पर्ने
गर्दछ। त्यसमा पनि हाम्रै घर वरिपरि उपयोग/प्रयोगमा आउने Health
Related Devices/Products –का बारेमा
जानकारी लिदाँ भने भविष्यमा यसले धेरै सहयोग पुर्याउने गर्दछ। यीनै विषयवस्तु
समेटेर हामी पनि Campaign चलाईरहेका छौं।
यदि तपाईं ‘HO_MED’ –मा नगई सीधै
यस Link-मा आउनुभएको भने हाम्रो ‘Health Related Campaign’ –का बारेमा पढ्न/बुझ्न र यसको महत्व
थाहापाई राख्न यहाँ Click गर्नु होस्।
हामीलाई थाहा छ, Health Products छनौट गर्न
कत्तिको महत्वपूर्ण विषय हुने गर्दछ। त्यसैले
पनि यहाँ हामीले विभिन्न Category बनाई सरल रूपमा प्रस्तुत गरेका छौं। यदि
तपाईं पनि यस्तै प्रकारका Health Related Products –को बारेमा थप अरु जानकारी लिन चाहनुहुन्छ, या तपाईं आवश्यकताको हिसाबले
सल्लाह लिन चाहनुहुन्छ भने हाम्रो HO_MED
टीम यहाँको सेवाको लागि
हरपल तयार छ।
संग-संगै तपाईं स्वास्थ्य क्षेत्रसंग सम्बन्धित थप Equipment र Products (Quantity with Quality) -का बारेमा जानकारी लिन वा ठुलो
परिमाणमा काम गर्न ईच्छुक हुनुहुन्छ भने तल दिएको विवरण अनुरुप सम्पर्क गर्न सक्नु
हुनेछ।
"के तपाईं पनि आफ्नो घरको लागि ‘Wheelchair, Crutches, Walker & Stick’ खोजिरहनु भएको त छैन?"
सही सामान, सुरक्षित Packaging-का साथ Health
Related Products लिने विचार गर्नु भएको छ भने...
सम्पर्कका लागि:
काठमाडौँ
(चक्रपथदेखि बाहिर दुई कि.मि. सम्म) –का लागि:
·
Free Delivery & Installation –को सुविधा लिनुस्।
·
प्रयोग, उपयोग र अपनाउनु पर्ने सावधानीका बारेमा प्रत्यक्ष जानकारी पाउनुहोस्।
·
Return/Refund बिना
हिचकिचाहट गर्नुहोस्।



.png)


Very useful to all aged group ..thank you
ReplyDeleteMost Welcome :-)
Delete